नयाँ वर्ष अहिलेकोे जस्तो नहोस्…

नयाँ वर्ष अहिलेकोे जस्तो नहोस्…
नितेश श्रेष्ठ(अमात्य)/
अब आउने नयाँ वर्ष
अहिलेको जस्तो धुलो र धुँवाको नहोस्
अहिलेको जस्तो कोरोनाको त्रास नहोस्
अहिलेको जस्तो खडेरीको नहोस्
अहिलेको जस्तो असहमतिको नहोस्
अहिलेको जस्तो बाटोमा जथाभावी हिडिरहेको साँढे जस्तो नहोस्
अहिलेको जस्तो देशको नेताहरु भाँडिने नहोस्
अब आउने नयाँवर्ष
अहिलेको जस्तो नहोस्।

अब आउने नयाँवर्ष
तीर्खा लागेर छट्पटिएको काकाकुल जस्तो नहोस्
बिना उद्धेश्य गन्तव्य हराएको यात्री जस्तो नहोस्
अलपत्र भएर मिल्किएको र भाँचिएको छाताजस्तो नहोस्
बिना नियमको,बिना विधानको र बिना अनुशासनको नहोस्
ब्रेक फेल भएर कुदिरहेको गाडीको पाङ्ग्रा जस्तो नहोस्
अहिलेको जस्तो पटक्कै नहोस्, हुँदै नहोस्
अब आउने नयाँवर्ष
अहिलेको जस्तो नहोस्।

अब आउने नयाँवर्ष
विश्वासै विश्वास बोकेर आवोस्
सबैले पालना गर्ने नीति–नियम बोकर आवोस्
सहमतिको खाका बोकेर आवोस्
रोगीहरुका लागि संजिवनी बुटी बोकेर आवोस्
सुन्दर, सफा रोगमुक्त हराभरा भएर आवोस्
आजसम्म हामीले के के सोचेका थियौ
ती सबै भरोसा भएर आवोस्
अब आउने नयाँवर्ष
अहिलेको जस्तो नहोस्…..।
– (धरान उप–महानगरपालिका धरान १२ सुनसरी)
(साभारः दिव्य रोशनी साप्ताहिक, वर्ष १६ अंक ४२ बाट)

2,986 thoughts on “नयाँ वर्ष अहिलेकोे जस्तो नहोस्…

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *