मंगलवार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टिः थप ४ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय १७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय ५३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

231 thoughts on “मंगलवार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टिः थप ४ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *