प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवलः
शनिवार मेघा, सिटि, इन्जिनियर र जनसेवक बिजयी
दिव्य रोशनी(धरान)/ धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटि, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी बनेको छ ।
दोस्रो दिन शनिबार भएको पहिलो खेलमा महिला तर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८–४ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । यसै गरि पुरुष तर्फको खेलमा धरान सिटि कलेजले डिपो स्कुललाई २९÷२८, इन्जिनियर कलेजले बिकेबिएम बिराटनगरलाई २८÷२४ र राष्ट्रिय जनसेवक कलेज इटहरीले केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसारलाइ ३८÷१५ अंकले पराजित गरेको छ । खेलमा मेघाका सितल तामाङ र निरुता राईले समान ८ अंक ब्यक्तिगत जोडेका थिए । यसै गरि डिपोका रिदम राइले १३ , इन्जिनियर कलेजका अनमोल राइले २२ र राष्ट्रिय जनसेवक इटहरीका बिजय शाहले ११ अंक जोडेका छन्।
अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।
धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ। कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन्।
भोलि आईतवारको पहिलो खेल पुरुष तर्फ धरान सिटि कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । महिला तर्फ भने सियोन स्कुल र केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसार, धरान मेघा र पब्लिक हाई स्कुल बिच सेमिफाइनल खेल हुनेछ।

Pingback: บาคาร่า
Pingback: Exhibition booth fabrication
Pingback: What Attractions Does The New York Pass Include
Pingback: buy cloned credit cards
Pingback: buy marlin guns