दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कप,आयोजक डिपो र काम्रेल स्कुल सेमिफाइनलमा प्रवेश

डिपो स्कुलका पुर्व व्यवस्थापन समिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा  शुक्रवार देखि सुरु भएको दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आयोजक डिपो स्कुल र काम्रेल स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।

       शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा काम्रेल स्ुकलले चिल्ड्रेन स्कुललाई ३९–३५ र दोस्रो क्वाटर फाइनल खेलमा डिपो स्कुलले समिट स्कुललाई २९–१६ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । काम्रेल र चिल्डे्रन स्कुलले प्रत्येक क्वाटरमा १०–७, १३–९, ५–११ र ११–८ अंक जोडेका थिए भने डिपो र समिट स्कुलले ४–२, ५–६, ८–२ र १२–६ अंक जोडेका थिए ।

       यसैगरि सोहि दिन भएको खेलमा युनाइटेड गोर्खाले धरान मेघा हिमालयनलाई ३१–२७ र होलिल्याण्ड स्कुलले हिमशिखर तरहरा स्कुललाई ५६–५४ अंकको अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेका छन । खेलमा युनाइटेड गोर्खा र धरान मेघा हिमालयन विच भएको खेल निर्धारित समयमा वरावरीमा सकिएक पछि समय थप गरिएको थियो । थप समयमा ४–० को अग्रता लिदैं युनाइटेड गोर्खा विजयी भएका हुन । उनिहरुले निर्धारित समयको प्रत्येक क्वाटरमा १२–५,९–७,४–८ र २–७ अंक जोडेका थिए । होलिल्याण्ड र हिमशिखर तरहराले प्रत्येक क्वाटरमा १५–९, १५–१४, १७–१७ र ९–१४ अंक जोडे ।।    
       सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको सहयोगमा संपन्न प्रतियोगिताको फाइनल खेल फागुन ८ गते हुनेछ । कक्षा १० सम्मका खेलाडिहरु मात्र सहभागि प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि र हाइ स्कोर उपाधि विजेताले जनहि नगद एक हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा १४ वटा विद्यायलले सहभागिता जनाएको छ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ । भोलिको पहलो क्वाटर फाइनल खेल सुनाखरि र होलिल्याण्ड स्कुल र दोस्रो क्वाटर फाइनल खेल प्रभात र युनाइटेड गोर्खा विच हुनेछ ।