बुधवार थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टिः १६८ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ हजार ४ सय ४४ जना डिस्चार्ज भएका छन्भने १ सय ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको छभने ३ लाख १६ हजार ४ सय ६३ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.