मंगलवार थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टिः २२५ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ हजार २ सय २५ जना डिस्चार्ज भएका छन्भने २ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छभने ३ लाख १२ हजार १९ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.