सुवास राई स्मृती सुपर–८ लिगः धरान ५ लाई ३ अंक

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर्गत तेस्रो दिनको खेलमा धरान ५ ले ३ अंक जोडेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज आईतवार धरान रंगशालामा भएको खेलमा धरान ५ ले ८ नं वडालाई ३–१ गोल अन्तरले पराजित गर्दै ३ अंक जोडेको हो। खेलमा धरान ५ का मन्दिप राईले पहिलो हाफको १५ औं मिनेटमा पहिलो गोल गरेका थिए। खेलको पहिलो हाफसम्म १–०ले अग्रता लिएको धरान ५ का लागी दोस्रो हाफको २ मिनेटमा नै टिआर लिम्बुले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए। यसैगरी धरान ५ का लागी मिजास लिम्बुले दोस्रो हाफको २३ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका थिए। खेलमा धरान ८ का लागी प्रजिन राईले सान्त्वना स्वरुप १ गोल मात्र फर्काएका थिए। खेलको म्यान अफ दि म्याच धरान ५ का मिजास लिम्बु घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे। उनलाई धरान ५ का वडाअध्यक्ष मन प्रसाद लिम्बुले पुरस्कार प्रदान गरेका थिए।


सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।


प्रतियोगिता अन्तर्गत भोली सोमवार धरान १७ का विरुद्ध धरान ६ नं वडाका बिच दिनको २ बजे खेल हुने आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लवले जनाएको छ।
यसैगरी भोली बैशाख १० गते सोमवार देखी धरान रंगशालामा नै तेस्रो हाम्रो धरान भेट्रान कप प्रतियोगीता समेत शुरु हुनेछ। प्रतियोगिताको उद्धघाटन खेलमा मिल्स भेट्रानका विरुद्ध दुहबी भेट्रानका बिच खेल हुनेछ। प्रतियोगितामा मिल्स र दुहवी भेट्रान संगै दुधे भेट्रान, लखनपुर भेट्रान,उर्लाबारी भेट्रान, धरान भेट्रान, मेघा भेट्रान, आयोजक हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजाराजी भेट्रान, हाम्रो ईटहरी भेट्रान र भरौल भेट्रानको सहभागीता रहने आयोजकले जनाएको छ। उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।