रबिल श्रेष्ठको “सवारी” म्युजिक भिडियोमा

दिव्य रोशनी(धरान)/ धरानका रबिल श्रेष्ठले आफ्नो नयाँ गीत “सवारी” को म्युजिक भिडियो रिलिज गरेका छन्।
यसअघि “आफ्नै लागि” बोलको गीत ल्याएका रबिलको दोस्रो स्टुडियो रेकर्डेड गीत हो “सवारी” । गायक रबिल श्रेष्ठको शब्द–संगीत रहेको गीतको संगीत संयोजन रोहित शाक्यले गरेका छन्।
धरानका बिभिन्न सांगीतिक कार्यक्रमहरु तथा रेस्टुरेन्ट र क्लबहरुमा आफ्नो सांगीतिक प्रस्तुतिले सबैको मन जितेका रबिल हाल अस्ट्रेलियामा बसोबास गर्छन। अस्ट्रेलियामा बसेपनि गीतसंगीत प्रतिको मोहले उनलाई छाडेको छैन। अस्ट्रेलियामा आयोजना हुने बिभिन्न नेपाली कन्सर्टहरुमा उनको प्रस्तुति रहने गर्दछ। भबिष्यमा संगीत क्षेत्रमा आफ्नो केही गर्ने चाहना राखेका रबिल श्रेष्ठको “सवारी” गीतले उनलाई एक प्रतिभावान गायकको रुपमा उभ्याएको छ।
अस्ट्रेलियामा नै छायांकन गरिएको उनको गीत सवारीमा उनीसंगै एरिका महर्जनको अभिनय देख्न सकिनेछ भने म्युजिक भिडियोको छायांकन निशोन शाक्य र निर्देशन सचिन कार्कीको रहेको छ। म्युजिक भिडियो रबिलकै अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको छ।