फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायको संस्कृतिक कार्यक्रम

लक्ष्मी दर्नाल रणपहेली,
(कतार)/ प्रतिष्ठित फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायबाट पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।
आगामी २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म आयोजना हुने बहुप्रतिक्षित फिफा वल्र्ड कप २०२२ लाई सफल पार्ने उदेश्यसहित १० अक्टोबर देखि १५ अक्टोबर २०२२ सम्म कतार स्थित आप्रवासी समुदायहरुबाट विशेष सांस्कृतिक प्रस्तुति र प्रदर्शन रहने कार्यक्रममा अन्तर्गत नेपाली समुदायबाट पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको हो।
विश्वभरीबाट प्रतियोगिता हेर्न आउने दर्शकहरुको मनोरञ्जनका लागि कतार सरकारको विभिन्न निकायद्वारा गरिने वल्र्ड कप विशेष कार्यक्रम अन्तर्गत फ्ल्याग प्लाजा क्षेत्र स्थित कतार ईस्लामिक म्युजियममा कतारका अमिर शेख तमिम बिन हमद अल थानिको संरक्षण तथा उप प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र कतार संग्रहालयका प्रमुख शेख अल मायासा बिन्त हमद बिन खलिफा अल थानिको उपस्थिति रहेको थियो।


नेपाली राजदूतावास कतारका राजदूत डा. नरेश विक्रम ढाकालको प्रमुख आतिथ्य तथा नियोगका उप प्रमुख एवं काउन्सिलर लक्ष्मण खनाल, लेबर काउन्सिलर कृष्ण खनालको विशिष्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान तथा विभिन्न देशका अप्रवासीहरुको सहभागीता रहेको थियो।
प्रतिष्ठित फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायले सहभागी बन्ने अवसर प्रदान गर्ने कतार सरकार र यसका लागि समन्वयमा सहजिकरण गर्ने नेपाली नियोग प्रति एनसीसी कतारले आभार समेत प्रकट गरेको थियो।

13 thoughts on “फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायको संस्कृतिक कार्यक्रम

टिप्पणीहरू are closed.