रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

दिव्य रोशनी/ संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
उनको आज आईतवार विहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मुटु र प्रोष्टेटको समस्याबाट पिडीत जिेशीलाई पछिल्लो समयमा डेंगु संक्रमण पुष्टि भएको थियो । असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको स्वास्थ्यमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।
वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन्। उनका कृतिहरू “हाम्रो लोक संस्कृति” ले २०१३ सालमा, “नेपाली राष्ट्रिय मुद्रा” ले २०१७ सालमा र “कर्णाली लोक संस्कृति” ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।
उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकट समेत प्रकाशित गरेको थियो।२०७० सालमा उनी पद्यश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा “राष्ट्र गौरव” मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

13 thoughts on “रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

टिप्पणीहरू are closed.