सुवास राई स्मृती सुपर–८ लिगकम नकआउटः धरान ११ र १७ सेमिफाईनलमा

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर्गत धरान ११ र १७ दुबै टिम सेमिफाईनमा प्रवेश गरेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज मंगलवार धरान रंगशालामा भएको लिगको बाह्रौं खेलमा धरान ११ र १७ नं वडाले गोल रहित बराबरी खेल्दै दुबै टिमले सेमिफाईनल यात्रा तय गरेको हो। निर्धारित समयसम्म दुबैतर्फबाट गोल नभएपछि धरान ११ र १७ नं वडाले अंक १/१ अंक बाँड्यो। खेलको म्यान अफ दि म्याच धरान ११ का सविन राई घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


लिग तालिकामा टिम “ए” बाट धरान १३ नं वडा ९ अंकका साथ विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरिसकेको छभने धरान १४ पनि ६ अंकका साथ उपविजेता बन्दै सेमिफाईनमा प्रवेश गरिसकेको छ। त्यस्तै टिम “बि” बाट धरान ११ नं वडा ५ अंकका साथ विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छभने धरान १७ र धरान १८ समान ४/४ अंक रहेपनि गोल अन्तरले धरान १७ उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ।
प्रतियोगिताको पहिलो सेमिफाईनल खेल विहिवार टिम “ए” का विजेता धरान १३ र टिम “बि” का उपविजेता धरान १७ बिच हुनेछ। त्यस्तै शुक्रवार हुने प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल टिम “बि” का विजेता धरान ११ र टिम “ए” का उपविजेता धरान १४ बिच खेल हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । यही बैशाख २३ गते हुने प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।