तेस्रो हाम्रो धरान भेट्रान कपः दुधे भेट्रान फाईनलमा(भिडियो सहित)

मनिता चाम्लिङ
दिव्य रोशनी(धरान)/
दुधे भेट्रान फुटबल क्लव धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कपको फाईनलमा प्रवेश गरेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज मंगलवार धरान रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा धरान भेट्रानलाई १ का विरुद्ध २ गोल गर्दै दुधे भेट्रान फुटबल क्लव फाईनलमा प्रवेश गरेको हो। खेलमा धरान भेट्रानका सतिस केसीले खेलको १९ औं मिनेटमा पहिलो गोल गरि टिमलाई १–० को अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरैबेर टिक्न सकेन, दुधे भेट्रानका लागी कृष्ण शाक्यले पहिलो हाफको २८ औं र ३२ औं मिनेटमा गोल गर्दै मध्यान्तरसम्म टिमलाई २–१ को अग्रता दिलाएका थिए।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा दोस्रो हाफको ५ औं मिनेटमा धरान भेट्रानका अर्जुन राईले रातो कार्ड खादै मैदान बाहिरिएका थिए। उनले दुधे भेट्रानका कृष्ण शाक्यलाई फाउल गरेका थिए। दश खेलाडीमा सिमित धरान भेट्रानले थप गोल गर्न नसकेपछि हार व्योहर्न पुग्यो। खेलको म्यान अफ दि म्याच दुधे भेट्रानका रमेश गुरुङ घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


प्रतियोगितामा दुधे भेट्रानका गोल किपर डम्बर बहादुर सेलिङ भेट्रानका लागी अयोग्य(उमेर कम, ४० वर्ष मुनी) रहेको भन्दै धरान भेट्रानले प्रोटेक्ट लगाएको छ। धरान भेट्रानका म्यानेजर सुमन श्रेष्ठले भेट्रान खेलका लागी दुधे भेट्रानका गोल किपर डम्बर बहादुर सेलिङको उमेर नपुगेको बताउँदै प्रोटेक्ट लगाईएको जानकारी दिए। उनले दुधे भेट्रानका खेलाडी कृष्ण शाक्यले धरान भेट्रानका प्लेयर बक्स तर्फ फर्कि अश्लिल हर्कत गरेपनि रेफ्रिले कुनैपनि प्रतिकृया नजनाएको भन्दै चर्को विरोध गरेका थिए। यता प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले धरान भेट्रानले प्रोटेक्ट लगाएको स्विकार्दै थप प्रमाण लिएर आउन दुधे भेट्रानलाई निर्देशन दिईएको बताए। उनले धरान भेट्रानले लगाएको प्रोटेक्टबारे छलफल हुने समेत बताए।
भोली बुधवार हुने दोस्रो सेमिफाईनल खेल डिफेन्डिङ च्याम्पियन हाम्रो ईटहरी भेट्रान र राजारानी भेट्रानका बीच हुने छ। यही बैशाख २२ गते हुने उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत बर्ष हाम्रो ईटहरी भेट्रान क्लब विजेता बनेको थियोभने धरान भेट्रान उपविजेता बनेको थियो।