बालकुमारी घटनाका मृतकको सम्झनामा धरानमा द्धिप प्रज्जवलन

दिव्य रोशनी(धरान)/ बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको आत्माको चिरशान्तिको कामना गर्दै धरानमा विभिन्न राजनीतिक दलहरुको दिप प्रज्वलन गरेका छन्।


शनिवार साँझ धरानको भानुचौकमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, अनेरास्ववियु र धराने युवाहरुले मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हुन्। कार्यक्रममा सहभागीहरुले युवाहरुलाई देशमै रोजगारी दिन नसकेको सरकारले विदेश जान पाउनुपर्ने माग राख्दा मारिनुपर्ने बाध्यता भएको भन्दै सरकारको विरोध गरेका थिए। उनिहरुले सरकार र प्रहरी प्रशासन मुर्दावाद भन्दै नारा समेत लगाएका थिए।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाहरुले उत्पादनमूलक कामको भाषा परीक्षाका फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार काठमाण्डौ स्थित बाल कुमारीमा प्रदर्शन गरेका थिए। युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीको आक्रमणमा परि दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।