सुवास राई स्मृती सुपर–८ लिगकम नकआउटः धरान १४ सेमिफाईनलमा

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर्गत सोमवार भएको खेलमा धरान ८ लाई पराजित गर्दै धरान १४ सेमिफाईनमा प्रवेश गरेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा सोमवार धरान रंगशालामा भएको लिगको एघारौं खेलमा धरान १४ ले ८ नं वडालाई ० का विरुद्ध १ गोल गर्दै सेमिफाईनल यात्रा तय गरेको हो। खेलमा धरान १४ का सरोज राईले एक मात्र गोल खेलको १५ औं मिनेटमा गरेका थिए। निर्धारित समयसम्म दुबै तर्फबाट थप गोल नभएपछि धरान १४ विजयी बन्यो। खेलको म्यान अफ दि म्याच धरान १४ का विपिन श्रेष्ठ घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


लिग तालिकामा टिम “ए” बाट धरान १३ नं वडा ९ अंकका साथ प्रथम स्थानमा रहँदै सेमिफाईनलमा प्रवेश गरिसकेकोछभने धरान १४ पनि ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाईनमा प्रवेश गरेको छ। त्यस्तै टिम “बि” बाट तिन खेल खेलेको धरान १८ को ४ अंक छभने धरान ६ को १ अंक छ। त्यस्तै दुईखेल खेलेको ११ नं वडा र १७ नं वडाको पनि ४/४ अंक रहेको छ। प्रतियोगिता अन्तर्गत भोली मंगलवार धरान ११ र धरान १७ नं वडाका बिचको खेलले सेमिफाईनलमा जाने टिमको टुङ्गो लाग्ने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।