दोस्रो हाम्रो धरान भेट्रान कपमा विर्तामोड भेट्रान क्लब विजयी

दिव्य रोशनी(धरान)/ सोमवार भएको दोस्रो हाम्रो धरान भेट्रान कपमा विर्तामोड भेट्रान क्लव विजयी बनेकोे छ।
धरान रंगशालामा भएको खेलमा बिर्तामोड भेट्रान क्लबले उर्लाबारी भेट्रानलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो। खेलमा बिर्तामोड भेट्रानका पुर्ण बहादुर लिम्बु, भुवन तामाङ र प्रेम लिम्बुले १/१ गोल गरेका थिए। खेलमा बिर्तामोड भेट्रानका पुर्ण बहादुर लिम्बु म्यान अफ दि म्याच घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा शुक्रवार देखी शुरु भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित मेडल र ट्रफी पाउनेछभने व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली मंगलबार हाम्रो धरान भेट्रान र दुहवी भेट्रानका बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।