शिक्षा विधेयक शंसोधनको माग राखी धरानमा पनि धर्ना

दिव्य रोशनी(धरान)/ शिक्षा विधेयक शंसोधनको माग राखी देशभर आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीहरु ले राजधानी संगै स्थानिय तहमा पनि धर्ना दिएका छन्।
नेपाल शिक्षक महासंघको आह्वानमा बुधवारदेखी राजधानी केन्द्रीत आन्दोलन आज बिहिबारदेखि स्थानिय तहमा पनि शुरु भएको हो। यसैक्रममा धरानका ५५ सामुदायिक विद्यालयका शिक्षक, शिक्षिकाहरुले पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपमहानगरपालिका परिसरमा धर्ना दिएका छन्।


धर्ना कार्यक्रमलाई समबोधन गर्दै धरानका आन्दोलनका सहसंयोजक आशबहादुर राईले माग पुरा नभएसम्म आन्दोलन जारी रहने जानकारी दिए । उनिले आन्दोलन अवधीभरी शिक्षक÷ शिक्षिका र कर्मचारीहरुले धर्नास्थलमा नै हाजिरी गरिने पनि बताए। आन्दोलित शिक्षक तथा कर्मचारीहरुले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायीत्व, विद्यालय कर्मचारीको दरबन्दी सृर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रअ नियुक्ती, सरुवा, कार्यसम्पादन मुल्यांकन लगायतका बिषयमा माग राखेर आन्दोलन गरेपछि विद्यालयमा पठनपाठन भने ठप्प भएको छ । अहिले राजधानीमा पनि विभिन्न जिल्लाबाट गएका शिक्षक, शिक्षिकाहरुले वृहत प्रर्दशन गरिरहेका छन्।
हिजो बुधवार काठमाडौंमा भएको आन्दोलनमा धरानबाट २७ जना प्रतिनिधिले सहभागिता जनाएका छन्। २ लाख ११ हजार रकम उठाएर प्रतिनिधित्व गराएको सहसंयोजक रामबहादुर विष्टले जानकारी दिए । उनका अनुसार एकतर्फी रिजर्भ भाडा ५५ हजार खर्च भएको छ । मावी तहका शिक्षकबाट २ हजार ५ सय, निमावीबाट २ हजार, प्रावी तहबाट १ हजार ५ सय र कर्मचारीबाट १ हजार रुपैयाँ संकलन गरेको विष्टले बताए ।

One thought on “शिक्षा विधेयक शंसोधनको माग राखी धरानमा पनि धर्ना

टिप्पणीहरू are closed.