कम्युनिष्टको धर्म र राजनीति

हिन्दु धर्म र यसको सामाजिक संगठन चार वर्णहरु ब्राम्हण, क्षत्री, वैष्य र शुद्र हुन्। पानी अचल शुद्र भित्रका करिब ४५ लाख नेपाली “अक्षुत मान्छेलाई” “दलित” भन्ने गरिएको छ।
शब्दार्थ बमोजिम नै हेपिएका, विभेद गरिएका, दलिएका, अपमान गरिएका मान समुदाय, “दलित” हो भनिएको छ। र त्यहि अपमान, वर्गिय विभेद, गरिब र छुवाछुत जस्तो अकल्पनीय पीडादायी जीवन दलितले भोग्दै आएको छ। अझै कतिञ्जेल भोग्नुपर्ने हो थाह छैन, यसका धेरै कारण भएतापनि वर्तमान हिन्दु कमरेड(कम्युनिष्ट) र लम्पसार प्रवृत्ति नै मुल हो। केही अधिकारीकहरु अंग्रेजी शब्दकोषले “कमरेड” शब्दलाई कम्युनिष्ट र समाजवादीले आफुहरु बीच “साथी” अर्थमा प्रयोग गरेका छन्। केहीले समान हैसियत भएको “मित्र” का रुपमा अथ्र्याएका छन्। नेपाली बुझाइ पनि त्यही हो।
अनि कथित उपल्लो जात भनिएको सामान्य मान्छेले कमरेड भन्दै दलितसँग कसिलो गरि हात मिलाएर रुखोसुखो जे छ, पिरामा बसेर सँगै खाँदै भन्छन् “माक्र्सवादले जातपात, छुवाछुत मान्दैन, मान्छे सबै समान हुन्। धर्महरुले यस्ता विभेद जन्माएका हुन्। धर्म भनेको ठुलाठाल,ु मालिक, राजामहाराजाले कामगरि खानेलाई लठ्याउन बनाएको अफिम हो।” यसो भनेपछि कुन दलित माक्र्सवादी नबन्ला र ? किनकी उसलाई मुक्ति जो चाहिएको छ।
अर्कोतिर, कहिले हतारमा पछ्याउन जान आँटेका त कहिले दिनभरी जातिय अपमान र बेइजति भोगेका र बेलुका घर आएका स्कुले, क्याम्पसे दलित शिक्षकहरु कथित बौद्धिक सम्मानित पेशामा लागेका र केही राम्रो आर्थिक हैसियत भएका दलितलाई सँगै राखेर कालमाक्र्सका सिद्धान्तहरु सुनाईन्छ। माक्र्सवादले वर्ग र राज्य विहिन समाज स्थापना गर्ने कुरा गर्छ। भेदभाव रहित समाज निर्माण गर्ने कुरा गर्छ। माक्र्सवादी पुस्तक हातहातमा परेपछि दलितले माक्र्सवाद र पुस्तक लिएर आउने “कमरेड” लाई मुक्तिदाता देखे। कतिपय दलित त्यो भ्रमको निन्द्राबाट आफैं ब्युझिएका छैनन्। माक्र्सवादी पुस्तकहरु बोकेर कमरेडहरु खिएको चप्पल, उध्रिएका स्वीटर, खुइलिएका पेन्ट, सर्ट÷कुर्था, सुरुवाल, भोग र रोगले गलेका मानिस भएको ठाउँमा पुगे। त्यस्ता गाउँमा “कमरेडहरु” महान् नै ठहरिए। अहिले तिनै निर्धा, निमुखा, दलित बस्तिमा पुग्ने कमरेडहरु नै सत्तासिन छन्। तर हिजो गाउँ आउदा गरेका बाचा अहिले उनीहरुले भुलेका छन्। आखिर किन दलित सँधै दलित बनिरहनु परेको? ती “कमरेड” क्रमशः हिन्दुकरण हुँदै गए। मनमोहन अधिकारी प्रधामन्त्री हुँदा बोका काटेर त्यसको रगतमा टेक्दै सिंहदरबार प्रवेश गरे। विद्वान कमरेड लालध्वजले आफ्नी आमालाई मनकामना मन्दिर घुमाएर नेपाली ठुलो चाँड दशैंमा टिका लगाए। मदन भण्डारी र जिवराज आश्रितको मृत्यु हुँदा दासढुंगामा पुराण लगाईयो। राष्ट्रपति विद्यादेवी भण्डारीले सात “ब्राम्हण” डाकेर छोरीको बिहे गरिन्। राष्ट्रपतिको काम सर्वसाधारण जनतालाई सडक किनारामा ढकालेर मन्दिर शिलान्यास गर्नु सिवाय अरु देखिदैन। कम्युनिष्ट पार्टीको मुख्य नेतृत्व नै मन्दिरमा दर्शन गर्ने र भैंसी पुजेको घटना धेरै पुरानो भएको छैन। घटनाहरु सरसर्ती हेर्दा लाग्छ कमरेड नै क्रुर हिन्दुवादी व्यवस्था स्थापना गर्न तल्लिन छन्। कमरेडहरु सबै पीठाधीस जस्ता देखिन थालेका छन्। अब, “हिन्दु कमरेड” भन्न पाउने कि नपाउने? दलित हुनुको मुख्य जरा हिन्दु धर्म र हिन्दु राज्य सत्ता हो। दलितले हिन्दु नै भएर वर्णव्यवस्था हटाउन खोज्नु कुहिनाले पहाड सम्याउनु जस्तै भैरहेको छ।
किनकी,ब्राम्हण, क्षत्री, वैष्य र शुद बिनाको हिन्दु धर्म नै हुँदैन। बरु हिन्दु धर्म र राज्य सत्ता छोड्नु नै दलितका निम्ति सहि निर्णय हुन सक्छ। यसको मतलब दलित क्रिश्चियन वा अन्य धर्ममा लाग्नु पर्छ भन्ने होईन किनकी, हिन्दु कमरेडहरुको पछि लागेर दलित मुक्ति असम्भव छ। दलितहरु पनि आफ्नो व्यवहार संस्कार र संस्कृतिमा परिवर्तन ल्याउनु पर्छ तर बिडम्बना दलित समुदायमा अझै भ्रम छ। दलितभित्रै लम्पसारवाद जबरजस्त छ। आफैलाई डस्छ भन्ने थाह हुँदाहुँदै त्यसैलाई समाति रहनु लम्पसारवाद हो। जान अञ्जानमा बहुसंख्यक दलितहरुले हिन्दु कम रेडिजम र हिन्दु संस्कार संस्कृतिलाई समाति नै रहेका छन्। अन्य कुनै धर्म, समुदाय वा समुहलाई अंगालेर दलितमाथि भैरहेको अमानवीय समस्या समाप्त हुँदैन।
दलितहरु नयाँ मानवीय नेपालीको संस्कृतिमा लाग्नु पर्छ। केही अगुवा भनिएका दलितका लम्पसारवादी दिनचर्याले सिंगो दलित समुदायकै भविष्य निमोठी रहेको छ। ती अगुवा भनिएका हिन्दुकमरेडहरुको पछिपछि हिड्छन्। आफ्नै समुदायप्रति ठालु पल्टिन्छन् अनि शुद्र विज्ञान बनेर हिन्दु संस्कृतिलाई शिरोधार्य गर्छन्। दलितलाई कुनै धर्मको आवरण चाहिएको छैन। सबैभन्दा पहिला दलितहरुलाई मान्छेको पहिचान चाहिएको छ।
जबसम्म दलितहरु थोरैएपनि स्वाभिमानी बनि आफ्नो भ्रम र मेहनतप्रति विश्वास गर्दै सादा र प्राकृतिक जीवनशैली अपनाएर भातृत्व सहितको वैज्ञानिक संगठनको विकास गरिदैंन तबसम्म दलित संगठन विघटनकै अवस्थामा रहिरहन्छ। हिन्दु कमरेडिजम र लम्पसार प्रवृत्तिले दलितलाई स्वाभिमानी र संगठित हुन दिइ रहेको छैन।
वास्तवमा, धर्मको प्रादुर्भाव देवीदेवताले गरेको होईन यो त मानव जातिलाई नियम कानुमा बाँध्न र पाप, अपराध गर्न दिनबाट रोक्न निर्माण गरिएको ग्रन्थ हो। त्यस्तै हिन्दुहरुले पनि दलितलाई विभेद र छुवाछुत नगरि समानताको व्यवहार गरे हिन्दु धर्म विश्वकै उत्कृष्ट हुनेमा दुइमत छैन।
दलित मुक्तिको एजेण्डा केवल दलितको मात्रै हो भने जस्तै अन्य समुदायले बेवास्ता गरिरहेका छन्। छुवाछुत, भेदभाव, विभेद र बहिष्करणको अत्याचारी व्यवस्थालाई टिकाएर कुनै देश लोकतान्त्रिक हुन सक्दैन।
नेपालका कम्युनिष्ट नामको पार्टीले सत्ता सञ्चालन गरेपनि राजनैतिक क्रान्तिको मुख्य हिस्सा दलित मुक्तिका कुनै एजेण्डा सरकारसँग छैन। यसले संसदीय पुँजीवादी राजनैतिक व्यवस्थाभित्रै दलित मुक्ति सम्भव छ वा दलित मुक्तिको वैकल्पिक राजनीति आवश्यक छ भन्ने प्रश्न उब्जाएको छ। दलित मुक्ति केवल कुनै एक देशको मात्रै सरोकार नभएको कारण अन्तराष्ट्रिय दलित आन्दोलनले यो प्रश्नको उत्तर खोज्नु पर्छ। सरकारी कम्युनिष्टले उपयोग गर्ने साझा वाक्य हो “अब क्रान्तिका लक्फ्फाजीले चल्दैन, व्यवहारिक राजनीति गर्नुपर्छ। व्यवहारिक रणनीति गर्नु समाजको मुलधारभन्दा बाहिर जान सक्दैन।” के व्यवहारिक राजनीति गर्नु भनेको आधारभुत “कमनसेन्स” बाट पनि च्युत हुनु हो?
पुजापाठ भनेको धार्मिक रंगको लेपन गरेर सरल मानिसहरुको दिमाग भुट्ने र सकेजति लुट्ने उपक्रम हो भन्ने छलङ्ग छ। यो एक प्रकारको व्यापार पनि हो। धर्म निजी विश्वास मात्र होईन। यसको व्यापक सामाजिक आयाम रहँदै आएको छ। र धर्मको आवरणमा मानिस हजारौं वर्षदेखि टाठाबाठाबाट ठगिदै आएका छन्।
अन्त्यमा, धर्मको नाममा हुने अन्याय, अत्याचार, बलात्कार, शोषण, हत्या, हिंसाले साम्प्रदायिक द्वेष फैलाउँछ। धर्मले भाइचारा, बन्धुत्व र आत्मियतालाई मजबुत बनाउँछ। धार्मिक एकताले मात्र देशमा शान्ति स्थायित्व र समृद्धि संभव छ। यही कुरालाई मनन गरि धर्ममा देखिएका विकृति र विसंगतिलाई चिरफार गरि समुन्नत राष्ट्रको प्रक्षेपण गर्नुपर्छ।
(लेखक बेरी धरान १६ निवासी हुन्। उनी समसामयिक विषयमा कलम चलाउने गर्दछन्) दिव्य रोशनी साप्ताहिक वर्ष १६ अंक २३ बाट साभार ।

180 thoughts on “कम्युनिष्टको धर्म र राजनीति

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *