दोस्रो हाम्रो धरान भेट्रान कपः आयोजक हाम्रो धरान भेट्रान क्लब विजयी

दिव्य रोशनी(धरान)/ दोस्रो हाम्रो धरान भेट्रान कप अन्तर्गत मंगलवार भएको खेलमा आयोजक हाम्रो भेट्रान क्लव विजयी बनेकोे छ।
धरान रंगशालामा भएको खेलमा आयोजक हाम्रो भेट्रान क्लबले दुहवी भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो। खेलमा हाम्रो भेट्रान क्लवका योगेन्द्र राई र अशोक कुमार राईले १/१ गोल गरेका थिए। खेलमा हाम्रो धरान भेट्रानका अशोक राई म्यान अफ दि म्याच घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा शुक्रवार देखी शुरु भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित मेडल र ट्रफी पाउनेछभने व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली बुधबार धरान भेट्रान र एभरेष्ट भेट्रानका बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।