“धरान एक्स्पो २०७९” को तयारी पुरा(पुरा भिडियो)

दिव्य रोशनी(धरान)/ “धरान एक्स्पो २०७९” को तयारी पुरा भएको छ।
यही फागुन ११ गतेदेखी २० गतेसम्म आयोजना हुने “धरान एक्सपो तयारी पुरा भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए। बुधवार धरान १६ स्थित एक्सपो परिसरमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोका मूलआयोजक समितीका संयोजक समेत रहेका अध्यक्ष श्रेष्ठले एक्सपोमा अस्थायी संरचना निर्माण लगायत सुरक्षाको प्रबन्ध सम्पन्न भएको बताए। उनले अन्तर्राष्ट्रिय स्तरको एक्सपोले धरानको अर्थतन्त्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।


यसैगरी एक्सपोका संयोजक गोपाल श्रेष्ठले कृषि उत्पादन, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको समेत बताए। उनले एक्सपोमा मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेको समेत बताए। उनका अनुसार एक्सपोमा पहिलो पटक डोमको प्रयोग गरेर स्टल राखिएको छ। जसमा ७० वटा स्टल छन्भने बाहिर थप ७० वटा स्टल राखिएको उनले बताए।
एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा बित्तिय, रेडिमेड तथा कपडा, घरेलु सामानहरुको स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु वरालले जानकारी दिए। यो एक्स्पो व्यापार गर्न नभै उत्पादन तथा व्यापारको प्रर्वद्धन गर्न आयोजना गरिएको पनि उनले बताए। एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ । राष्ट्रियस्तरको कलाकारहरुको प्रस्तुती रहने भएकोले बेलुकी भने टिकट लाग्ने पनि आयोजकको भनाई छ । एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ ।
धरान रंगशालामा आयोजना हुने एक्स्पोको उद्धघाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले गर्नेछन्भने पर्यटन मन्त्रि सुदन किरातीको आतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ।

13 thoughts on ““धरान एक्स्पो २०७९” को तयारी पुरा(पुरा भिडियो)

टिप्पणीहरू are closed.