धरान एक्स्पोः आज दीपक लिम्बू आउँदै
दिव्य रोशनी(धरान)/ धरान एक्स्पो २०७९ को पाँचौं दिन आज दीपक लिम्बूले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
धरान–१६ स्थित रङ्गशालामा जारी एक्स्पोमा बेलुका ६ बजेपछि गायक लिम्बूले प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
गायक लिम्बूका ‘मैले माया गर्न जानिन होला, ढल्क्यो–ढल्क्यो, तिमी मात्रै, सिम्पल सिम्पल लगायतको गीत चर्चित छन् ।सुनसरीका स्थानीय लिम्बू सन् २००५ मा सम्पन्न नेपाली गायन रियालिटी शो ‘नेपाली तारा’ सिजन एकका विजेता हुन् ।
नेपाली पाश्र्व गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लिम्बूबाहेक एक्स्पोमा आज स्थानीय कलाकार र समूहले आ–आफ्नो प्रस्तुति दिने बताइएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेबाट जारी एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।
एक सय २३ स्टल अवलोकन गर्न सकिने एक्स्पोमा दिउँसो ३ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दिउँसो तीनदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको एक्स्पोमा पाँच बजेपछि प्रवेश शुल्क २ सय रुपैयाँ निर्धारण गरिएको छ । एक्स्पोमा यसअघि समिर श्रेष्ठ, छेवाङ लामा, राजेशपायल राई र आस्था राउतले आ–आफ्नो साङ्गीतिक प्रस्तुति दिइसकेका छन् ।

Pingback: nembutal kaufen seriös
Pingback: magic mushrooms legal states