कतारमा “दशैँ धमाका २०७९”को तयारी अन्तिम चरणमा

लक्ष्मी दर्नाल, रणपहेली (दोहा, कतार)/ एसएसके ब्रदर्सको आयोजनामा हुन गइरहेको “दशैँ धमाका २०७९”को तयारी अन्तिम चरणमा रहेको छ।
कार्यक्रम आगामी ३० सेप्टेम्बर २०२२ शुक्रबारका दिन नेपालीहरुको महान् चाँड विजया दशमीको शुभ अवसरमा दोहा स्थित ओसिस बीच क्लबको स्पोट्र्स कोडमा हुँदैछ।कार्यक्रमको लागि आवस्यक सम्पूर्ण तयारीहरू पूरा भएको र अब कलाकारहरूको आगमन तथा स्टेजको अन्तिम सजावट मात्रै बाँकी रहेको कार्यक्रम संयोजक डेगबहादुर भारती उर्फ सुमनले जानकारी दिएका छन् ।
भारतीले भने, “कलाकारहरूको भिषा टिकट होटल लगायत सम्पूर्ण काम भैसक्यो, २ दिन भित्र सबैजना आईसक्नुहुनेछ। बहुचर्चित भर्सटायल गायक, सर्जक रमेश राज भट्टराई, चर्चित गायक सर्जक तथा मोडेल अर्जुन सापकोटा र पछिल्लो समयकी हिट लोक तथा दोहोरी गायिका सम्झना भण्डारी लगायत अतिथि कलाकारहरू आउँदैहुनुहुन्छ।”
त्यस्तै भारतीले पछिल्लो समय चर्चाको शिखरमा रहेका मोडलद्वय प्रीति पासवान र करिश्मा पुन मगर समेत अतिथि कलाकारका रुपमा आउँदै गरेको जानकारी दिए।भारतीले थपे, “भोजपुरी चलचित्रकी नायीका तथा चर्चित डान्सर पासवानको क्रेज धेरै रहेछ, त्यसैले पनि कार्यक्रमले निकै चर्चा पायो। भारती अगाडी थप्छन् “रमेश राज भट्टराई, अर्जुन सापकोटा, सम्झना भण्डारी जस्ता भर्सटाईल गायक गायीका एवं सर्जकहरूको आगमन हुने कुराले सबैलाई उत्साहित बनाएको थियो । तर यो पटक प्रीतिको समेत आगमन हुने कुराले मधेस तथा भोजपुरी समुदायलाई समेत हर्षित तुल्याएको छ । यस अर्थ हामीले हिमाल पहाड तराई सबैलाई समेट्ने प्रयास गरेका छौं।”
कतार बासी नेपालीहरूको लागि महान चाड विजया दशमीलाई विशेष बनाउने र सामुहिकरूपमा दशैंको उत्सव मनाउने हेतुले आयोजित कार्यक्रम दिनको ४ बजे देखि रातको १० बजे सम्म चल्ने आयोजकले बताएको छ।
हजारौंको संख्यामा दर्शकहरूको उपस्थिति रहने कार्यक्रममा शुभकामना लगायतका कुनै मन्तव्य नराखिने जानकारी दिदै एसएसके ब्रदर्सका प्रवन्ध निर्देशक कृष्ण पन्थीले सामुहिक दशैं उत्सव मनाउने र यो कार्यक्रम विशुद्ध साँगेतिक हुने समेत बताए। यसैगरी कार्यक्रमका मिडिया संयोजक दिपजङ्ग शाही ठकुरीले कार्यक्रमको तयारी भव्यरूपमा भएको बताउँदै कतारका अग्रजहरू, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली एवं नेपालीभाषी दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत गरे।
कतारी रियाल एक सय र पचासको टिकट तोकिएको दशैं धमाका कार्यक्रममा मुख्य प्रायोजकका रुपमा नेपाली व्यवसायी रमेश केसीको स्मार्ट ज्वेलरी रहेको छ भने कतारमा स्थापित संघ संस्था एवं व्यवसायीहरू ईमेन्ट पाट्र्नरको रुपमा रहेका छन्। आयोजकले कार्यक्रमबाट आएको बचतलाई अनाथ तथा जेहेन्दार बालबालिकाको शिक्षाको लागि खर्च गर्ने जनाएको छ।

6 thoughts on “कतारमा “दशैँ धमाका २०७९”को तयारी अन्तिम चरणमा

टिप्पणीहरू are closed.