भिन्टेजमा मन्त्रले झुमाए दर्शक

दिव्य रोशनी/ धरान १५ बगरकोट स्थित भिन्टेज क्याफे लाउन्ज एण्ड बारमा दर्शकहरूको भिड निकै नै खचाखच थियो । रातको ९ बजिसकेको थियो । यतिकैमा दर्शकहरूको प्रतिक्षालाई समाप्त गर्दै मन्त्र ब्यान्डका भोकलिस्ट भास्कर देवान नमस्ते धरान भन्दै मञ्चमा उक्लदाँ बसिरहेका दर्शक एकाएक अगाडी डान्स फ्लोरमा उर्लिएका थिए ।
करीब ३ सय दर्शकहरूको भरपुर साथ पाएको मन्त्रले आफ्ना पुराना र नयाँ गित प्रस्तुत गरेर लगातार २ घण्टासम्म दर्शक झुमाएका थिए । अन्त्यमा ब्यान्डले आफ्नो चर्चित गित सधै–सधै प्रस्तुत गर्दा दर्शकहरूले समेत गाएर साथ दिएका थिए ।


नजिकिँदै गरेको नेपालीहरूको महान चाँड बडादशैंलाई उल्लासमय बनाउन भिन्टेजले मन्त्रको प्रस्तुती राखेको हो । दुई दशक अघि दार्जिलिङ्मा स्थापना भएको ब्यान्डको गिटारमा प्रज्ञा लामा, बास गिटारमा प्रभास सुब्बा, ड्रममा ब्रिज चौधरी, किबोर्डमा मनिश थापा, बासुरी र सेक्साफोनमा बिधान थापा रहेका छन् । ब्यान्डको हालसम्म ४ वटा एल्बम बजारमा निस्किएको छ। मन्त्रको प्रस्तुती अघि भने धरानको द ब्यान्ड एफ ३ को प्रस्तुती रहेको थियो ।

7 thoughts on “भिन्टेजमा मन्त्रले झुमाए दर्शक

टिप्पणीहरू are closed.