प्रेम गीत ३ को ट्रेलर मुम्बईमा लञ्चः बलिवुडकर्मीहरुले गरे फिल्मको तारिफ

(दिव्य रोशनी)/ विश्व सिनेमा बजारमा चर्चाको बिषय बनेको सफल चलचित्र प्रेम गीत को तेस्रो सिक्वेल प्रेम गीत (३ को हिन्दी र नेपाली भाषाको ट्रेलर रिलिज भएको छ।
बिहीवार बलिवुड सिटी मुम्बईमा भएको ट्रेलर रिलिजमा बलिवुडका दिग्गज चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो। ट्रेलर सार्वजनिक कार्यक्रममा बलिउडकर्मीहरु महेश मंजेकर, शिवाजी सातम, निर्देशक अनीस बाज्मी, कोरियोग्राफर गणेश आचार्य, संगीतकार एवं गायक पवनदीप राजन, निर्देशक इन्द्र कुमार, प्रेमगीत ३ का भारतीय निर्माता सुवाष काले लगायत उपस्थित रहेका थिए। कार्यक्रममा उपस्थित बलिवुड चलचित्रकर्मीहरुले ट्रेलर हेरेर प्रसंशा गरेक थिए। अभिनेता निर्देशक महेश मंजेकरले ट्रेलर राम्रो लागेको प्रतिकृया दिए । अभिनेता शिवाजी सातमले फिल्म इन्टरनेशनल लेभलको बनेको बताए। यसैगरी निर्देशक अनीस बाज्मीले हिमालय एकदमै सुन्दर भएपनि त्यहाँ मलाई फिल्म खिच्न जान नसकेको बताउदै फिलम लेकेशनका लागी एकदमै राम्रो रहेको बताए।


कार्यक्रममा सहभागी हुन चलचित्र “प्रेम गीत – ३ ” का मुख्य कलाकारहरु प्रदीप खडका र क्रिस्टिना गुरुङ , निर्माता÷ निर्देशक सन्तोष सेन , मनिष राउत, प्रेम पुरी, सुनिल थापा लगायत टीम मुम्बई पुगेका थिए। “प्रेमगीत ३” भारतीय थिएटरमा रिलिज हुने पहिलो इन्डा–नेपाली फिल्म हुनेछ। लोकप्रिय नेपाली फिल्मको फ्रेन्चाइजलाई भारतमा ल्याउनका लागि निर्माता सुभाष कालेले आफ्ना नेपाली समकक्षीसँग सहकार्य गरेका छन्। भारतीय फ्यानले नेपाली फिल्मको डब गरिएको हिन्दी संस्करण हेर्न पाउनेछन्। अगामी असोज ७ गते सेप्टेम्बर २३ मा विश्वव्यापी रिलिजको तयारी गरेको “प्रेम गीत ३” को हिन्दी भाषाको ट्रेलर बलिवुडको चर्चित म्युजिक कम्पनी जि म्युजिक कम्पनीबाट र नेपाली भाषाको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानल बाट रिलिज भएको छ। फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमीका रहेको छ । हल रिलिजको आठ सातापछि यो फिल्म अमेजन प्राइममा समेत रिलिज हुने भएको निमार्णपक्षले जनाएको छ।

7 thoughts on “प्रेम गीत ३ को ट्रेलर मुम्बईमा लञ्चः बलिवुडकर्मीहरुले गरे फिल्मको तारिफ

टिप्पणीहरू are closed.