बालदिवसको अवसरमा हिविसकस स्कुललमा विविध कार्यक्रम
दिव्य रोशनी(धरान)/ धरान १५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले ५८ औं राष्ट्रिय बाल दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ।
बुधवार विद्यालयमा आयोजित कार्यक्रममा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सन्देश मुलक नाटक तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिएभने विद्यालयका शिक्षिकाहरुद्धारा आकर्षक नृत्य समेत प्रस्तुत गरिएको थियो। विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमले प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा सञ्चार माध्यमबाट विद्यालयलाई योगदान पु¥याएको भन्दै पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठलाई सम्मन समेत गरिएको थियो।


कार्यक्रममा प्रमुख अतिथी इवारम, प्याव्सन अध्यक्ष भगवत लिम्वु, पत्रकार तिर्थ कार्की, श्यामचोक सेवा समाजका अध्यक्ष टेकबहादुर राई लगायतले बालदिवसका बारेमा आफ्नो धारणा राखेका थिए । विद्यालयका निर्देशक गंगाराम राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सहायक प्रिन्सिपल विजयसिं थेवेले सञ्चालन गरेका थिए।
Pingback: seo plan template 2018
Pingback: บุหรี่นอกเก็บเงินปลายทาง