झुनाज फिटनेशले मार्केट मार्चको आयोजना गर्ने

दिव्य रोशनी (धरान)/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा झुनाज फिटनेशले मार्केट मार्चको आयोजना गर्ने भएको छ।
महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत तिनवर्ष देखी आयोजना हुँदै आएको “मार्केट मार्च” यो वर्ष पनि आयोजना हुने झुनाज फिटनेसका संचालिका झुना राईले बताईन्। विहिवार आयोजित पत्रकार सम्मेलनमा संचालिका राईले यही फागुन २८ देखि २९ गतेसम्म २ दिन धरान १९ स्थित विपी डेण्टल गेट अगाडी झुनाज फिटनेश एण्ड वेलनेशमा मार्केट मार्चको आयोजना गरिने बताईन्। उनिले मार्केट मार्चमा महिला उद्यमीका ३० स्टल रहने समेत बताईन्। उनीका अनुसार स्टलमा कलेज पढ्ने बहिनीहरुले हेण्डिक्राफ्टका सामग्री राख्नेछन्भने घर सजावटका समान, बुटिक तथा दैनिक प्रयोग हुने कपडाहरु, लोकल तथा पहाडी भेगका खाद्यन्नहरु, अर्गानिक तरकारी र फलफूल, नर्सरी, नेपालय पब्लिकेसनका पुस्तकहरु, उनीका कपडा, विभिन्न प्रकारका अचारहरु, जातीय परिकारहरु लागायत महिला उद्यमीका उत्पादनहरु स्टलमा राखिने भएको छ ।


कार्यक्रममा संचालिका राईले ८ मार्चलाई अवसर बनाएर उद्यमी, व्यवसायी महिलाहरुको जमघट बढाउने, उद्यमी महिलाहरुका लागि एक अवसर प्रदान गर्ने, उत्पादन र उपभोक्ताबीच सिधै सम्पर्क हुँदा वस्तुहरु सुलभ र सस्तोमा प्राप्त गर्न सक्ने, हरेक वर्ष नयाँ महिला उद्यमीहरुको पहिचान गरी वस्तुहरुको बजारीकरण गर्न सहज बनाउने र महिला उद्यमीहरु बीच सहकार्य बढ्ने कार्यक्रमको उदेश्य रहेको समेत बताईन्।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई, क्रियाशिल पत्रकार सुनसरीका अध्यक्ष मनिता चाम्लिङ, अग्रज पत्रकार महेश श्रेष्ठ, महिला उद्यमी सविता राई लगायतको उपस्थिती रहेको थियो।