बिजनेस एक्स्पो मेला सम्पन्न भिडियो सहित

दिव्य रोशनी(धरान)/ धरानमा माघ २६ गतेदेखि जारी “बिजनेस एक्स्पो” मेला शनिबार सम्पन्न भएको छ।
धरान रंगशालाको तल्लो पट्टी रहेका खाली जमिनमा नेपाल उद्योग व्यवसायी महासंघ धरानले आयोजना गरेको बिजनेस एक्स्पो मेला शनिवार सम्पन्न भएको हो। विजनेस एक्स्पो मेलाको समापनमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री भानुभक्त ढकाल प्रमुख आतिथी रहेको बताए।
प्रमुख अतिथी ढकालले पछिल्लो दिनमा रचनात्मक कार्यलाई कमजोर बनाउने प्रवृति बढेसँंगै यसलाई चिर्दै नगरस्तरिय जनवर्गीय संगठनले एस्पोको आयोजना गरेर जागरण शन्देस दिने काम गरेको बताए। उनले एक्स्पोमा कति बिक्री भयो, कति आम्दामी भयो भनेर मात्र मापन गर्ने नभई ती कुराहरुलाई जिवनमा स्थापित गर्नसके एस्पोको ठुलो योगदान रहने बताए।
फरक प्रसंगमा नेता ढकालले धरानमा पानीको छेलोखेलो भनेर प्रचार/प्रसार गरिरहदा ३ वर्षपछि रित्ता गाग्री लिएर सिंहदरबार गएको भनी मेयर हर्क साम्पाङ तर्फ र्र्इंगिंत गरे। उनले पानी धेरै भएर सिंहदरबारमा पोख्न गए कि खान पाएन भनेर माग्न गए भन्दै त्यो तीनवर्षको फण्डा धरानवासीहरुले बिस्तारै बुझ्ने बताए। यसैगरी उनले धरानको खानेपानीका लागी अन्तर्राष्ट्रिय दातृ सहयोगीहरुबाट कति डलर आयो, त्यसको हिसाब÷किताब के छ? यसको हिसाब जवाफ देहिता जनमा दिनुपर्छ कि पर्दैन? भनि प्रश्न समेत गरे। उनले समयमा कुनै बेला जे गर्दापनि हुन्छ भनेपनि समय वलवान भएकाले कुनैदिन एक एकको जवाफ दिनुपर्ने दिन आउने भन्दै मेयर साम्पाङलाई सचेत गराए।
मेयर हर्क साम्पाङको कार्यशैली प्रति खनिएका नेता ढकाल यतिमै रोकिएनन्। उनले चाकडी गर्न आएन भनी प्रमुखले उपप्रमुखलाई कार्यभार नदिई अर्कैलाई दिने कानुन भन्दा बाहिरको परिपाटीले समाजमा बिग्रह ल्याउने समेत बताए।


यसैगरी प्रदेश सांसद विजय राईले एक्स्पोले धरानका उद्योगी÷व्यवसायीहरुलाई चलायमान गर्न सफल भएको बताए। उनले बामे सर्दै आएको यस संघले आंशिक भन्दा बढी सफलता प्राप्त गरेको बताउँदै आगामी दिनहरुमा कुद्ने पनि बताए।
यसैगरी प्रदेश १ का पूर्व सभामुख प्रदिप भण्डारीले स्थानिय उत्पादनहरुलाई बिजनेस एस्पोले बजारिकरण गर्ने र प्रचार÷प्रसार गर्ने काम गरेको बताए। त्यस्तै नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङले सुनसरी उद्योग वाणिज्य संघले यस एस्पोलाई असफल बनाउने हरदम प्रयासरत भएको आरोप लगाए। उनले सिडिओ कार्यालयमा फोन गरेर एक्स्पोलाई रोक्न लगाएपनि नसकेपछि धरान उत्सव सँंगसंँगै मेलाको आयोजना गरेर एस्पोलाई फेल गराउन खोजेकोमा दुखेसो पोखे। उनले भने “उद्योगी व्यपारीहरुको साझा संस्था उवासंघले यस्तो खालको गतिविधी गर्न हुन्थ्यो कि हँुदैनथ्यो त्यो उहाँहरुले जान्ने हो। यस्तो असहयोगले उद्योगी÷व्यापारीहरुलाई कहाँ पुर्याउँछ भन्ने कुरा सोच्न बाध्य भएको छ।”


कार्यक्रममा आयोजक महासंघका नगर अध्यक्ष शिवराज श्रेष्ठले धरानको आर्थिक गतिविधीलाई नयाँ गति दिँदै व्यवसायिक क्षेत्रमा लगानी आकर्षित गर्न “बिजनेस एक्स्पो धरान २०८१ को आयोजना गरिएको बताए। उनले चुनौतीलाई सामाना गरेर एक्स्पो सफलतापुर्वक सम्पन्न भएको प्रति सबैमा हार्दिक आभार समेत व्यक्त गरे। (दिव्य रोशनी साप्ताहिकबाट)