बाल दिवसमा बक्तिृत्वकला प्रतियोगिता
दिव्य रोशनी(धरान)/ “५९औं राष्ट्रिय बाल दिवस” को अवसरमा सुनौलो पुस्तकालय,धरान १७ ले खुल्ला बक्तित्वकला प्रतियोगिताको आयोजना गरेको छ।
“देश विकासको आधार शिक्षामा बालबालिकाको अधिकार” शिर्षक रहेको उक्त वक्तित्वकलामा धरानका विभिन्न विद्यालयका १३ विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए। वक्तृत्वकला प्रतियोगितामा जेम्स सेकेण्डरी बोर्डिङ्ग स्कुलका संगिन राई प्रथम हुन सफल सफल भएकी थिईन्। यसैगरी प्रतियोगितामा दोस्रो र तेस्रो स्थान एमानुयाल इंग्लिस बोर्डिङ्ग स्कूलका निसिका राई र यसुहाङ राईले हात पारेका थिएभने एलिशा विक सन्तवन बनिन्। विजेताहरुलाई ट्रफि सहित पुरस्कारको व्यावस्था रहेको थियो। यसैगरी विशेष अतिथि नवराज मल्लले उत्कृष्ट ५ जना विद्यार्थीलाई विशेष पुरस्कारप्रदान गरेका थिए।
प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखि क्याम्पस,धरानका उपप्राध्यापक डा.सुबास चन्द्र न्यौपाने, सहायक प्राध्यापक श्री महेश्वर कोइराला, सहायक प्राध्यापक गोविन्द निरौला रहेका थिए। धरान १७ रेल्वे चौकमा आयोजना गरिएको उक्त प्रतियोगितामा १७ न.वडा सदस्य लक्ष्मी रपालको प्रमुख आतिथ्यता रहेको थियोभने जिल्ला समन्वय समिति सदस्य शेष कुमारी घिमिरे, इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लको विशेष आतिथ्यता रहेको थियो। सो कार्यक्रम पुस्तकालयका अध्यक्ष श्री राम खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।(दिव्य रोशनी साप्ताहिक)
