शनिवार थप ८९८० जनामा कोरोना संक्रमण पुष्टिः १२९ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ८ हजार ८ सय ४८ जना डिस्चार्ज भएका छन्भने १ सय २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छभने ३ लाख ८३ हजार ६ सय ८४ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.