प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई गम्भीर संकटमा पार्नेः पत्रकार महासंघ

दिव्य रोशनी(धरान)/ नेपाल पत्रकार महासंघले राष्ट्रपतिबाट संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहदा रहदै पनि प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको जनाएको छ।
महासंघका महासचिव रोशन पुरीले आज शनिवार विज्ञप्ति जारी गर्दै जनतालाई संविधान प्रतिकुलको चुनाव नभएर अहिले महामारीबाट बच्न अस्पतालमा बेड र अक्सिजन चाहिएको जनाउदै यस्तो गम्भिर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर राष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्र सहितका व्यवस्था विरुद्ध प्रहार भएको जनाइएको छ।
विज्ञप्तीमा भनिएको छ “राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन्। संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यस अघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको छ।”
यसैगरी महासंघले संविधानमाथि निर्मम प्रहार हुदा त्यो प्रहार रोक्नका लागी संविधानको संरक्षक मानिने राष्ट्रपतिसंग आग्रह गर्नु आफ्नो दायित्व भएको जनाएको छभने प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताका साथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागी सहकार्य गर्न सबैमा अपिल समेत गरेको छ।

2,291 thoughts on “प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई गम्भीर संकटमा पार्नेः पत्रकार महासंघ

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *