“गोर्खा वारियर” यही फागुन ११ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने

दिव्य रोशनी(धरान)/ बहुप्रतिक्षित चलचित्र “गोर्खा वारियर” यही फागुन ११ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ।
मंगलवार धरानमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र निर्देशक मिलन चाम्सले विश्व युद्ध लडेका गोर्खा योद्धाहरुको जिवनमा आधारित चलचित्र गोर्खा वारियर यही फागुन ११ गते अल नेपाल रिलिज हुने बताए। उनले नेपाली चलचित्र ईतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण भएको, चलचित्र “गोर्खा वारियर” नै भएको समेत जानकारी दिए।


सोहीक्रममा निर्देशक चाम्सले धरान लाहुरेहरुको शहर भएकोले यही फागुन ५ गते “गोर्खा वारियर” को ग्राण्ड प्रिमियर धरानको फ्रेण्ड्स सिनेमामा आयोजना गर्न लागिएको बताए। उनले बेलायतपछी नेपालमै पहिलोपटक धरानमा ग्राण्ड प्रिमियर गर्न लागिएको समेत बताए । उनका अनुसार यसअघि टप हलिवुड चलचित्रहरु मात्र प्रिमियर हुने लण्डनको लेस्टर स्क्वाएरमा पनि हाइ प्रोफाइलका व्यक्तित्वहरुको उपस्थितीमा यस चलचित्र प्रिमियर गरिएको थियो।


कोरियन कम्पनीले ७ बर्षको लागी वल्र्डवाइड सेलिङ राइट्स लिएको अमेरिकन कम्पनीले वल्र्डवेट वितरण गर्न लागेको ऐतिहासिक चलचित्र भएकोले हेर्नै पर्ने चलचित्र बनेको निर्देशक चाम्सको दावी छ। फिल्मका कार्यकारी निर्माता ज्योतिराज राईले गोर्खाली कसरी गोर्खाली भए भन्ने बारे निकै गहिरो अध्ययन गरेर फिल्म निर्माण गरेको बताए ।
दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको संघर्षको कथा बोल्ने “गोर्खा वारियर” बाट रितेश चाम्सले डेब्यू गरेका छन् । चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राई लगायतका कलाकारको अभिनय छ।