एनप्याव्सन महिला पुरुष बास्केटवल वुधवार देखि हुने

राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल एन प्याव्सनको खेलकुद सप्ताह अन्र्तगत वुधवार देखि एन प्याव्सन महिला पुरुष बास्केटवल प्रतियोगिता सुरु हुने भएको छ ।
एन प्याव्सन बास्केटवल प्रतियोगितामा महिला तर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएको छ । धरान बास्केटवल संघको प्रविधिक सहयोगमा संपन्न हुने प्रतियोगिताको मंगलवार सहभागि विद्यालयको प्रतिनिधि र आयोजक संस्थाका पदाधिकारीरुको उपस्थितिमा खेल तालिका तयार गरिएको छ । सहभागि विद्यालयहरुमा धरान मेघा हिमालयन कलेज, नवज्योति, धरान आर्दश, काम्रेल स्कुल, नवदय स्कुल, जुनियर पायनोर, सियोन स्कुल र लोटस स्कुल रहेको छ । प्रतियोगिताका विजेता टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने बास्केटवल प्रतियोगिताका संयोजक कैलाश लिम्वुले जानकारी गराए । एन प्याव्सन खेलकुद सप्ताहमा बास्केटवल संगै फुटवल र क्विज कन्टेस्ट प्रतियोगिता समेत हुनेछ । बास्केटवल खेल तालिका तयारीको क्रममा संयोजक लिम्वु संगै एन प्याव्सन धरान उपमहानगर समिति सचिव सागर भट्टराई, कोषध्यक्ष वसन राई, सदस्य जगत नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।  बास्केटवल खेलको सम्पुर्ण खेल धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।

13 thoughts on “एनप्याव्सन महिला पुरुष बास्केटवल वुधवार देखि हुने

टिप्पणीहरू are closed.