कांग्रेसको रस्सीतान प्रतियोगितामा बराहक्षेत्र ३ र रामधुनी ६ विजयी

धरान/ नेपाली कांग्रेसले आयोजना गरेको नकआउट पुरुष तथा महिला खुला रस्सीतान प्रतियोगितामा बराहक्षेत्र ३ र रामधुनी ६ विजयी भएकाछन् ।
नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी– १ कांग्रेसले आयोजना गरेको रस्सीतान प्रतियोगितामा पुरुषतर्फ बराहक्षेत्र ३ र महिलातर्फ रामधुनी ६ विजयी भएको हो ।
सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने बराहक्षेत्र नगरपालिकाको ५ वडा र रामधुनी नगरपालिकाको २ वडा गरी ७ वटा वडाका पुरुष र महिला टीम वीच प्रतियोगिता भएको थियो । पुरुषतर्फ फाइनल खेलमा बराक्षेत्र ३ ले बराहक्षेत्र ५ लाई हराएका थिए भने महिलातर्फको फाइनल खेलमा रामधुनी ६ ले बराहक्षेत्र ५ लाई हराएका थिए । प्रतियोगितामा प्रथम र द्धितिय हुने खेलाडीहरुलाई असार २९ र ३० गते हुने सम्मेलनमा महामन्त्री तथा प्रभावशाली युवा नेता गगन कुमार थापावाट प्रमाण–पत्र, मेडल र नगर पुरस्कार प्रदान गरिने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।
प्रतियोगितामा सहभागि खेलाडीहरुलाई प्रमुख अतिथि एवम् प्रदेश सांसद ममता तामाङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, पूर्व जिल्ला सचिव एवम् क्षेत्रीय सल्लाहकार बुद्धि कटवाल, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, पूर्व नगर सभापति किशोर राई, वडा अध्यक्ष रोहित काप्mले लगायतले प्रमाण(पत्र प्रदान गरेका थिए ।

One thought on “कांग्रेसको रस्सीतान प्रतियोगितामा बराहक्षेत्र ३ र रामधुनी ६ विजयी

टिप्पणीहरू are closed.