गोर्खा वेलफेयर ट्रष्टद्धारा “धरान खानेपानी स्तरोन्नती आयोजना” धरान उपमहानगरपालिकालाई हस्तान्तरण

दिव्य रोशनी(धरान)/ गोर्खा वेलफेयर ट्रष्टले “धरान खानेपानी स्तरोन्नती आयोजना” धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बुधवार एक कार्यक्रमको आयोजना गरी गोर्खा वेलफेयर ट्रष्टले १ सय ४१ दिनमा “धरान खानेपानी स्तरोन्नती आयोजना” निमार्णगरी धरान उप–महानगरपालिका लाईए हस्तान्तरण गरेको हो। कार्यक्रममा गोर्खा सैनिकहरुको रिजनल एशोसिएन अफ नेपाल(रान)का पुर्वी नेपाल अध्यक्ष पुर्वगोर्खा मेजर झप्तमान लिम्बुले मेयर हर्क साम्पाङलाई आयोजना सम्पन्न भएको डकुमेन्ट प्रदान गरेका थिए ।
कार्यक्रममा मेयर साम्पाङ, वेल्फेयरका सिईओ अल हवार्डले फुस्रेस्थित र्यापिड स्याण्ड फिल्टरमा रिबन काटि आरएसएफको भल्व खोलेर उद्धघाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै ट्रष्टका सिईओ हवार्डले सहरी क्षेत्रमा ट्रष्टले लगानी नगर्ने भएपनि धरानमा धेरै भुपु गोर्खा सैनिकका परिवार बसोबार गर्ने भएकोले धरानको खानेपानीमा लगानी गरिएको बताए । त्यस्तै मेयर साम्पाङले धरानमा पानीको अभावलाई पूर्ति गर्न वेलफेयरले गरेको कामको प्रशंसा गरेका थिए। उनले उपमहानगरपालिकाको तर्फबाट आयोजनामा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए।


त्यसैगरी कार्यक्रममा वेलफेयरका उत्थानशिल खानेपानी, सरसफाई तथा विपद् तयारी कार्यक्रम निर्देशक दिपक कुमार श्रेष्ठले गत पुष २६ गते सम्झौता भई फागुन ६ गते निर्माण कार्य शुरुवात गरी(१सय ४१ दिन) असारमा २३ मा निमार्ण सम्पन्न भएको बताए। उनले आयोजनाको लागत अनुमान ३ करोड ३७ लाख ७९ हजार २११ रुपैया भएपनि वास्तविक खर्च ३ करोड १२ लाख ४७ हजार २ सय ४६ रुपैयामा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार आयोजना अन्तर्गत ४ वटा इन्टेक निर्माण, ४ वटा कलेक्सन च्याम्बर, फ्लकुलेटर ट्यांकीको क्षमता ६० लाख लिटरबाट अपग्रेड गरेर ९० लाख लिटर बनाइएको छ भने र्यापिड स्याण्ड फिल्टर पनि स्तरोन्नती गरेर १ करोड ६० लाख लिटरबाट २ करोड पुर्याइएको छ।


कार्यक्रममा जिडब्लुटी ट्रष्टी नेपाल रिटायर्ड मेजर हेमचन्द्र राईको स्वागत मन्तव्य रहेको सो कार्यक्रमलाई रिजनल एशोसिएन अफ नेपालका पुर्वी नेपाल अध्यक्ष पुर्वगोर्खा मेजर झप्तमान लिम्बुले समापन गरेका थिए।
कार्यक्रमअघि, मेयर साम्पाङ, वेलफेयरका सिईओ अल हवार्ड, वेलफेयरको नेपालस्थित डाइरेक्टर कर्णेल पल स्मिथसमेत आँपगाछीस्थित पहिलो इन्टेकमा पुगेर निर्माण भएको संरचनाको स्थलगत निरीक्षण गरेका थिए।

2 thoughts on “गोर्खा वेलफेयर ट्रष्टद्धारा “धरान खानेपानी स्तरोन्नती आयोजना” धरान उपमहानगरपालिकालाई हस्तान्तरण

टिप्पणीहरू are closed.