धरान मेघा कलेजमा ४ सय ७५ जनाले प्रवेशिका परीक्षा दिए

दिव्य रोशनी(धरान)÷शैक्षिकसत्र २०८०÷८१ सालको एसइइ पास भएका ४ सय ७५ जना विद्यार्थीहरुले ११ कक्षामा नया भर्नाका लागि धरान १२ चतरा लाइन स्थित धरान मेघा कलेजमा प्रवेशिका परिक्षा दिएका छन्।
शुक्रवार भएको प्रवेशिका परिक्षामा धरान उपमहानगर र आसपासका क्षेत्र चतरा, केराबारी, इटहरी, तरहरा, चक्रघट्टि संगै धनकुटा, हिले, सिधुवा, संखुवासभा, भोजपुर, फिदिम पाँचथर, झापा, मोरङ जिल्लाबाट विद्यार्थीहरुले सहभाहिता जनाएको धरान मेघा कलेजका प्रार्चाय भाष्कर पौडेलले जानकारी गराए। वर्षाको कारण फर्म भरेका धेरै विद्यार्थीहरु प्रबेशिका परिक्षामा छुटेका छन् । उनिहरुलाइ थप प्रबेशिका परिक्षाको ब्यवस्था गरिने प्राचार्य पौडेलले जनाए ।
ब्याचलर लेबल सम्म म्यानेजमेन्ट बिषयको पढाइ हुने धरान मेघा कलेजमा म्यानेजमेन्ट संगै साइन्स, होटल म्यानेजमेन्ट, कानुन, फुड एन्ड न्युट्रेसन विषयमा बिद्यार्थीहरुले छनौट गरेर अध्यन गर्न सक्ने छन् ।
यश शैक्षिकसत्रमा नया भर्ना भएका ११ कक्षाको पढाइ श्रावण १० गते देखि सुरु हुने कलेजले जनाएको छ। कलेजले आफ्नो सामाजिक उत्तरदायित्वको रुपमा विद्यार्थीहरुलाइ प्रोत्साहन गर्नका निमित्त विभिन्न खेलका उत्कृष्ट खेलाडी, शिक्षामा उत्कृष्ट, बिपन्न वर्ग, दुर्गम क्षेत्र, एकल महिला, दलित लगायत क्षेत्रमा दस देखि १५ प्रतिशत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी गराए।

One thought on “धरान मेघा कलेजमा ४ सय ७५ जनाले प्रवेशिका परीक्षा दिए

टिप्पणीहरू are closed.