पशुपतिनाथमा धरानेहरुको अध्यात्मिक वगैचा

पशुपति विकाश कोषले अध्यात्मिक वगैचा वनाउन पशुपति नाथको मन्दिर परीसरमा रहेको कम्पाउण्डवाल सहितका झण्डै एकविगाह जमिन काठमाण्डौ वस्ने धरानेहरुलाई उपलव्ध गराएको छ ।
स्वच्छ पशुपति सफा पशुपति भन्ने कार्यक्रम अन्तर्गत कोषले पशुपतिक्षेत्रको ३४ वटा स्थानहरुमा सरसफाई सहित वगैचा निर्माण तथा वृक्षारोपण कार्यक्रमको लागी गत महिना आवेदनको आव्हान गरेको थियो । सो आवेदनमा धरान वाहिरका धराने नामको संस्थाको तर्फवाट पनि एउटा निवेदन दिएका थियौ परेछ भनि संस्थाका संयोजक राजेन्द्र रीमाल खुसी व्यक्त गर्दछन । सो वगैचा चार महिना भित्र आफनै खर्चमा तयार गरी कोषलाई हस्तान्तरण गर्नु पर्ने छ । यस पटक १३ वटा संस्थाहरुले वगैचा वनाउने अवसर पाएकोमा जसको राम्रो हुन्छ प्रथम हुने लाई३ लाख दोश्रोलाई २ लाख र तेश्रो लाई १ लाख पुरस्कारको व्यवस्था गरीएको कुरा कोषका प्रवक्ता रेवतरमण भण्डारी वताउछन्।
धरानेहरुले पाएको सो स्थान गौशाला चोक देखि पशुपतिनाथको मुख्यगेट जाने वाटोमा पर्दछ। वलियो पर्खालले घेरीएको सो वगैचाको गेटमा सुरक्षाको लागी पर्यटक प्रहरीहरु वस्ने घर पनि रहेको छ। वगैचा वनाउन निवेदन हाल्न प्रोत्साहन दिने धरानका पत्रकार तथा सामाजिक अभियन्ता आनन्द श्रेष्ठ सो वगैचाको परीकल्पनाकारको रुपमा रहेका छन् । श्रेष्ठले दिएको जानकारी अनुसार सो स्थान मा धरानको चारवटा मन्दिरहरुको रुप झल्कने जैविक मन्दिरहरु वनाईने छ । जैविक भन्नाले तारजालीको टोकरी वनाई त्यस भित्र विरुवाहरु रोपिन्छ जो पछि सोहि विरुवा मन्दिरको आकारमा देखिन्छ। यसलाई टोपियारी शैली भनिन्छ। अनि वुढासुव्वा मन्दिरको छेउमा धरानवाटै लगिएको टुप्पा विनाको वांसको विरुवा रोपिन्छ भने, पिण्डेश्वर मन्दिर नजिक रुद्राक्षको विरुवाहरु रोपिइने छ। यसै गरी दन्तकाली मन्दिर छेउ सुपाडि र नरीवलको वोट, पन्चकन्या मन्दिर छेउ सालको वोटहरु रोपिइने वताए। त्यहा रोपिने विरुवा लिन आनन्द श्रेष्ठ धरान गएका छन् । उनले ती मन्दिरका पुजारीको हातवाट विरुवा लिएर शनिवार विहान संस्कृति, पर्यटन तथा उडयायन मन्त्री सुदन किरांतीको हातवाट वगैचामा रोपण गर्न लगाउने कार्यक्रम रहेको संयोजक रीमानले जानकारी गराए। यसै गरी सो वगैचाको छेउछेउमा नेपाल, चीन, थाईल्याण्ड, इण्डोनेसीयामा पाईने रंगीविरंगी वांसका प्रजातिहरु रोपिने छ। एक किसिमले सो वगैचामा आउने मान्छेले एकै ठाउमा धेरै प्रजातिको वास हेर्न पाउने म्युजियम नै वनाउने परीकल्पना भएको श्रेष्ठले वताए।
कोषले सो स्थान उपलव्ध गराएकै दिन धरानका वगैचा डिजायनकार ईन्जिनियर सुमन श्रेष्ठको सर्भे टोलीले जमिनको सर्भे गरेर डिजायन कार्य थालनी गरेका छन । सो वगैचा निर्माण गर्न यहि श्रावण ६ गते शनिवार विहान ८ वजे काठमाण्डौ वस्ने धराने सेलिव्रेटि,व्यापारी उधोगीहरुलाई वोलाईएको धराने वुदिजीवी गणेश आचार्यले वताए।
सुदन किरांती संस्कृति पर्यटन तथा नागरीक उडयायन मन्त्री भएर आए पछि हरेक शनिवार काठमाण्डौका प्रशिद्ध सांस्कृतिक सम्पदा मठमन्दिरहरुको सरसफाई अभियान संचालन गर्दै आएका छन्।उनैले यस्ता सरसफाई कार्यक्रममा स्थानिय सामाजिक संधसंस्थाहरुलाई पनि सहभागि गराउनु पर्छ भन्ने उद्धेश्य राखि यो वगैचा स्थापना तथा सरसफाई कार्यक्रम राखिएको कुरा पशुपति विकाश कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले वताए।