आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी
मातृदेवो भव ।
पितृदेवो भव ।।

आचार्यदेवो भव ।।।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”
“कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति”
उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातीर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो।
संसारको सबैभन्दा पवित्र नाता, आमा
संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा
हामी मध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा
अनि पल पलमा संझना आउने, सुख–दुःखमा झझल्को आउने एउटा अनुहार, आमा
बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइत पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनि सम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरु व्यक्त गर्दछन् । पौराणिक कालदेखि नै मनाउँदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायलेभने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।
तपाई पनि आमाबाट पर हुनुहुन्छ भने एकफेर आमालाई फोन गरेर आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथीभाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृतान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस्, जगतको भलो होस्, आमाको माया र वहाँले खुवाउनुभएका दुधका धर्साहरु प्रति हामी वफादार र ईमान्दार हुन जरुरी छ ।
आजभोली विभिन्न कारणले आमाबुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको छ, जून मानवता प्रतिनै एउटा आक्षेप हो । समय त खोला न हो, आफूले गरेका कुराहरु आफैलाई फर्किने समय पनि आउछ, बगेको समयमा आफ्नो दायित्ववाट विमुख हुनु मानव चरित्र पक्कै हैन है ।
मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न “ताते–ताते” गर्दै सिकाईन्, गर्भमा राखेर जन्माईन् अनि काखमा राखेर पालिन् । देवीको प्रतिरुप अनि ममता कि खानी अनि बालापनमा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ । (सन्दर्भ सामाग्रीःहाम्रो पात्रोबाट संकलन गरिएको हो)
Pingback: natural stone products
generic cialis no prescription The approval was based on the results of a phase III Eastern Cooperative Oncology Group clinical trial reported in 2007, which found that progression free survival among women who received paclitaxel plus bevacizumab was twice as long 11
Pingback: 뉴토끼
Pingback: Weed for sale online
Pingback: บ้านมือสอง