आगलागिबाट हुने क्षति तथा न्यूनीकरणको उपायहरु…..

नितेश श्रेष्ठ(अमात्य)

आगो मानिसलाई नभई नहुने कुरा हो तर सावधानी बिना आगोको प्रयोग गर्दा वा हेलचेक्राईका कारण अधिकांश आगलागिका घटना हुने गर्दछ । नेपालका ग्रामीण बस्तीहरुमा यस्ता आगलागिका घटना धेरै दोहोरिने गरेका छन् । कमजोरी विधुतीय संरचना तथा चट्याङका कारण पनि आगलागि हुने गरेको छ । आगलागिबाट बच्न आगलागिको जोखिम पहिचान गर्ने तथा उक्त जोखिमको न्यूनीकरणका लागि पहल गर्नुपर्छ । जोखिम न्यूनीकरणको काम गर्दा महिला – बालबालिका तथा जेष्ठ नागरिक तथा अपाङ्गता भएका मानिसलाई प्राथमिकतामा राखी काम गर्नुपर्छ ।

१ .आगलागि पहिले नै पूर्वतयारी गर्ने ।
२.आगलागिको समयमा आफु सुरक्षित बनाउने खोज उदार तथा प्राथमिक उपचार गर्ने ।
कुनै पनि इन्धनहरूको निश्चित तापक्रममा वातावरणमा रहेका पर्याप्त अक्सिजनसँगको रासायनिक प्रतिकृयाबाट उत्पन्न हुने शक्ति नै आगो हो । जसमा ताप तथा प्रकाश हुन्छ । आगोमा न्युनतम रूपमा तीन इकाईहरू रहेका हुन्छन् ।
(१) इन्धन (२) ताप (३) अक्सिजन जसलाई आगोको त्रिकोण पनि भनिन्छ । जस्तैः तपाईंले पनि कुनै कागज जलाउँदा लाइटर र सलाई बाल्नु हुन्छ कागजमा (१) इन्धनबाट (२) ताप पैदा हुन्छ र वातावरणमा रहेको (३) अक्सिजनबाट त्यो कागज जल्न थाल्छ । यसरी यहाँ आगोको त्रिकोण मिल्ने हुनाले आगोको शुरुवात हुन्छ ।
हामीले आगो निभाउनका लागि यही त्रिकोणको पहिचान गरेर यसलाई बन्द गर्न सक्छौं । जस्तै यस उदाहरणमा हामीले बलिरहेको कागजबाट अन्य कागज हटाउन सक्छौं, जसल त्यहाँ इन्धन (१) को कमी हुन्छ र आगो निभ्छ त्यस्तै दोस्रो उपायमा हामी त्यस आगोमा पानी हाल्न सक्छौ जसले आगोमा ताप (२) लाई हटाइदिन्छ र आगो निभ्छ र अर्को उपाय त्यस आगोलाई बालुवा, हरियो स्याउला, भिजेको तौलियाले छोप्न सकिन्छ जसबाट आगोमा अक्सिजन (३) को आपूर्ति बन्द हुन्छ र त्यो आगो निभ्छ ।
आगो मानिसलाई नभई नहुने कुरा हो तर सावधानी बिना आगोको प्रयोग गर्दा वा सानो लापरवाहीको कारण अधिकांस आगलागिको घटना हुने गर्दछ । नेपालको ग्रामिण बस्तीहरुमा यस्ता आगलागिको घटना धेरै दोहोरिने गरेका छन् । कमजोर विधुतीय संरचना तथा चट्याङका कारण पनि आगलागि हुने गरेको छ । आगलागिबाट बच्न आगलागिको जोखिम पहिचान गर्ने तथा उक्त जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्छ । आगलागि सम्बन्धी जनचेतनामुलुक कार्यक्रम दिनु पर्दछ । जोखिम न्यूनीकरणको कामगर्दा महिला, बालबालिका,ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका मानिसलाई प्राथमिकतामा राखी काम गर्नुपर्छ । आज आगोको रुप कस्तो छ ?के यसले आफ्नो परिवर्तन गरेको छ ?के यो दयावान भएको छ ? एकछिन सोचांै त । भयावह आफ्नो ठाउँमा भएको आगलागिलाई सोचांै । वास्तवमा, जबसम्म यस्तो संकटमा परेकाहरुको करुणा,चित्कार सुन्दैनौ तबसम्म हामी यसको पुर्व सावधानीबारे सोच्दैनौ,कुनै बेला तपाइको अति प्यारो वस्तु, सम्पति,परिवार बेसहारा भएर खरानीमा परिवर्तन हुन सक्छ ।
त्यस कारण आगलागिबारे सावधानी र सुरक्षा आजको ज्यादै अति आवश्यक भएको छ । आधुनिक आगो नियन्त्रणको लागि आधुनिक प्रविधी ज्ञानको जरुरी हुन्छ ।

(धरान उपमहानगरपालिका बरुण यन्त्रका कर्मचारीहरु)

मुख्य उपायहरु…………
– सुकेका काठ ,पराल,पात,पतिङगर आदि छानामा नराखी घरभन्दा ३० फिट पर राख्नुहोस् ।
– आगो निभाउन नजिकैको तलाउ,पोखरी अथवा पानी टंकी तथा उच्च स्थानमा रहेका पानीका स्रोतहरुको पहिचान गर्नुहोस् ।
– पारिवारिक योजना बनाउनु होस् ,घरको मुलढोका बन्द भए बाहिर निस्कनका लागि वैकल्पिक बाटोको (EXIT DOOR) बारेमा योजना तयार पार्नुहोस् । चेतनाको लागि साथमा सँधै सिठी राख्नु होस् ।
– आगो निभाउन सुख्खा यन्त्र (Dry fire extinguisher ) राख्नुहोस् । आगो निभाउन घरमै मसिनो बालुवा तथा सुख्खा माटो भए स–सानो आगो निभाउन प्रभावकारी हुनसक्छ ।
– फोहोर मैला घर नजिकै डढाउने काम गर्नुहोस । यस्ता सामग्रीहरु जलाउँदा ढुंगाले घेरिएको र बल्ने सामाग्रीहरु भन्दा टाढा हावाको दिशा पनि विचार गर्नुपर्छ । खरानीलाई सुरिक्षत रुपमा तह लगाउनु होस् ।
– यदि घर अथवा विद्यालयमा आगलागि भएको छभने नलुक्नुहोस् ,तत्काल बाहिर सुरिक्षत स्थानमा निस्कनुहोस् । सकेसम्म चाँडो सहयोगका लागि अनुरोध गर्नुहोस् ।
– यदि घर ,काम गर्ने ठाउँ अथवा विद्यालयमा आगलागि भएको छभने जमिनमा घोप्टो परी नजिकैको सुरिक्षत ढोकातिर घिस्रेर गई बाहिर निस्कनुहोस् । घिस्रदा खतरनाक धूँवाबाट टाढा रहन सहयोग मिल्छ ।
– सलाई,मैनबत्ती,पट्रोलियम पदार्थ आदि जस्ता ज्वलनशील वस्तुहरु बालबालिकाको पहँुचबाट टाढा राक्नुहोस् । विधुत जडान गर्दा गुणस्तरिय सामान (तार,प्लग) प्रयोग गर्नुहोस् ।
– लोड सेडिङ भएका बेला बिजुलीका उपकरणहरुको स्विच बन्द गर्नुहोस र तार प्लगबाट निकाल्नुहोस् । (लेखक श्रेष्ठ, धरान उपमहानगरपालिका बरुण यन्त्रका कर्मचारी हुन्)

Leave a Reply

Your email address will not be published.