कोरोनाको गतिः हिजो र आज

नयाँवर्ष २०७७ करिब–करिब जन्मनै लाग्दा सबै युवायुवतीमा लगायतका मानव चोलाले नयाँवर्षको खुशियाली यसरी उसरी मनाउने सपना बुन्दा बुन्दैको बेला नयाँनयाँ ठाँउ र रमाईलो वातावरणमा साथीसंगी भेला भै झुम्ने सपना सोच्दा देख्दै गर्दा अचानकै एउटा भयाभय महामारी फैलियो। जो थियो कोभिड १९ अर्थात कोरोना भाईरस।


उत्तरतिर, दक्षिणतिर यताउता गर्दा गर्दै अन्ततः नेपालमा भित्रीकन छाड्यो।केहि सिप नलागेर सरकारले अरुको देखासिकी गर्दै चैत्र ११ गतेबाट सारा मुलुकभर लकडाउन नै गर्नुपर्यो। शुरुका दिनमा अरु मुलुकमा बगे्रल्ती मानिस कमिला झै मरेको देखेर यहाँका बासिन्दाहरुले राम्रै सँंग लकडाउनको पालना गरेर सरकारको निर्देशनलाई शिरोधार्य गरेको थियो,सिवाय अत्यावश्यक साधनश्रोत बाहेक करिब पुरै देश ठप्प नै भयो।


अति भिड हुने सडक गल्ली सुनसानमा परिणत भए। होटल, सिनेमा हल, गोष्ठी, सेमिनार जस्ता सबै कृयाकलाप बन्द भए। सबैघरहरु मानिस नभए झै शुन्य शुन्य थिए,एक्का दुक्का नयाँ नौलो टोलमा आए सबैले सोधी खोजी गरी प्रतिकारको व्यावहार गरे अनि सबैले आ–आफ्नो मुखमा मोहोला (मास्क) भिरे। यसरी कोरोनाबाट बच्न सबैखाले सुरक्षित कुरा व्यवहारमा उर्तादै गए।


तर संचारमाध्यमबाटभने एक,दुई, गर्दै कोरोना संक्रमणको संख्या बढ्दै गयो, र मृत्यु हुनेको संख्या पनि औला भाँच्दा भाँच्दै त्यो पनि नाघ्यो । राज्य तह र स्थानिय तहबाट विपन्न वर्गहरुलाई वडावडा र टोल टोलमा राहत वितरण गर्न थालियो । एक, दुई, तिन, चार कतिपटक राहत बाँड्ने? बाँड्ने निकाय पनि अब थाक्न थालेकाले कतिले रोगले हैन भोकले मृत्युवरण गर्न बाध्य भए।


सँधैंभरी राहत पनि नपाउने र रोजगारको बाटोपनि नहँुदा धेरै परिवारको बिचल्ली भयो।अन्ततः कतिदिनसम्म यसरी निर्वाह गर्ने भनि जो पायो सो रोजगारीको माध्यम आफ्नो ज्यानै गएनि जाओस् भनि फाट्टफुट्ट गर्दै घर बाहिर रोजगारीमा जान लागे, यसरी भित्रिएको कोरोनाकोको मूल प्रवाह विपन्न वर्ग, ज्यादारी, होटल, पसल, यातायात लगायतका छापा माध्यममा समेत ठुलो असर पर्यो, जसको उदाहरण वर्ष १६ अंक ३, २०७७ असार ७ गतेको दिव्य रोशनी साप्ताहिकमा प्रकाशित सम्पादक÷प्रकाशक मनिता चाम्लिङ ज्यूले लेख्नु भएको “कोरोनाको प्रभावमा धरानका छापा” लेखमा खुलस्त पार्नु भएको छ।


वास्तवामा, उहाँले भने झै कोरोनाको प्रभाव सिङ्गो मुलुकमानै परेको छ। सरकारको हातेमालो नहुने सबैको रोजगार मुलक व्यवसायहरु साँच्चै नै धरासायी बनेका छन्, र कोरोना कहिले मुक्त होला र ती धरासयी बनेका वा लोपै हुने अवस्थाका व्यावसायहरुलाई कोरोना लाग्नु पूर्वको अवस्थामा कसरी पुर्याउने भन्ने विषयमा सरकारले अहिलेदेखि नै गहन अध्ययन गरी छलफल गरी त्यसको निराकारणमा अहम् भूमिका खेलनुपर्ने देखिन्छ। यद्यपी सरकारले पहिला नै विदेशबाट आउने नेपाली वा विदेशी सबैलाई कोर्डरमै क्वारेनटाईनमा राखी चेक जाँच गरि निमूर्ल भएपछि मात्र स्वदेशभित्रन दिएको भए अहिलेको जस्तो भयाभय हुन्नथ्यो कि? योत बितेका कुरा भए तर अझैपनि कोरोना नियन्त्रणमा कडाई भएनभने यस्ले नेपाल जस्तो मुलुकमा ताण्डव नै देखाउन पछि पर्दैन ।


अहिले मुलुकमा कति नै जनताको चेक जाँच भएको छ र? सिमित श्राोतसाधनले मात्र पनि हजारौ संक्रमितको संख्या बढाई रहेछ, झन् सबै गाउँ–शहरमा राम्ररी चेकजाँच हुनु हो भने यो संख्या बढेर लाखौ हुनमा बेर लाग्दैन।
अहिले अषाढदेखि सरकारले लक डाउन खुकुलो पारेपछि सार्वजनिक सवारी बाहेकका सबै सवारी बजारमा छ्याप छ्याप्ती चलेका छन्। सरकारी अड्डा अदालत सबै खुलेका छन् । बजार पसल, सानातिना खुद्रे होटल लगायतका बजार पहिलेको अवस्थामै खुलेको देखिन्छ।


मिडीया/समाचारमा सरकारले कम्तिमा १ वा २ मिटर सामाजिक दुरी कायम गरौ, मास्क लगाऔं, पटकपटक हात धुने र स्वच्छ खानेकुरा मात्र खाऔं भनेपनि त्यो व्यवहारमा लागु छैन।कार्यालयहरमा सिनेमा हलमा टिकट काट्नेको झै भिड छ। बजारमा नारा, जुलुसको र्याली झै मानिसको आवत जावत छ। न मुखमा मास्क छ, जसले जहाँ पायो फुटपाथ, गल्ली, होटलमा कुम जोडी खाजा खाईरहेछन्।प्राईभेट गाडी वा टेम्पोमा खचाखच यात्रु चढिरहेछन् ।


शुरुको अवस्थामा हैन बरु अहिलेको अवस्थामा चै सरकाले लक डाउन गर्नुपर्ने जस्तो लाग्छ। यस्तै छाडा रुपमै मानिसले कोरोना केही होईन भनि लापरवाही गरे हरेक घरघर हुँदै सिंगो मुलुकले नै ठुलो जनधनको क्षती व्यहोर्नु नपर्ला भन्न सकिन्न। खर्बौको रकम खर्च गरेर पनि देश र जनताले यो भयाभय व्यहोर्नु पर्योभने को जिम्मेवार हुने? तसर्थ राज्यका साथ साथै हरेक नागरिकले गंभिर रुपमा सोचेर यसलाई अचुक औषधी झै मानेर व्यवहारमा उतार्यो भने निश्चित कोरोना भाईरस कोभिड १९ पक्कै पलायन हुन्छ। यो सबैले मनन् गर्नु जरुरी छ।
(धरान उपमहानगरपालिका धरान–१४ विजयपुर)(२०७७/०३/११)

Leave a Reply

Your email address will not be published.