धरानमा शिक्षाको लागी एक रुपैया अभियान शुरु

दिव्य रोशनी(धरान)/ धरानमा शिक्षाको लागी एक रुपैया अभियान शुरु गरिएको छ।
लायन्स क्लव अफ धरान पंचकन्याले आर्थिक अवस्थाले विपन्न परिवारका विद्यार्थीहरुलाई पठन पाठनमा सहजता ल्याउन एक रुपैया अभियान शुरु गरिएको हो। बुधवार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एकता श्रेष्ठले न्यून आर्थिकअवस्था परिवारका बालबालिका कपी, कलम जस्ता शैक्षिक सामाग्री जुटाउन असमर्थ हुने भएकाले उनिहरुलाई थोरैभएपनि सहयोग गर्न यो एक रुपैया अभियान शुरु गरिएको बताईन्। उनिले शिक्षाको मौलिक हकबाट कोहीपनि बञ्चित हुनु नपरोस र सानो सहयोगले बालबालिकाको भविष्य उज्जवल बन्न सकोस् भन्ने संस्थाको उदेश्य रहेको समेत बताईन्।


“शिक्षाको लागी एक रुपैया अभियान” मा जोडिन या अभियानमा जो कोहीले आफ्नो ईच्छा, सामथ्र्य अनुसार विभिन्न तरिकाले योगदान गर्न सकिने आयोजकले जनाएको छ। जसमा १ दिनको १ रुपैया, १ महिनाको लागी ३० रुपैया, १ वर्षका लागी ३६५ रुपैया, ५ वर्षका लागी १,८२५ रुपैया र १० वर्षका लागी ३,६५० रुपैया तोकिएको छभने आजिवन सदस्यताका लागी ११,१११ रुपैया तोकिएको छ। संस्थामा हालसम्म ४५ जनाले आजिवन सदस्य लिएको अध्यक्ष श्रेष्ठले बताईन्।
कार्यक्रममा प्रमुख अतिथी लायन ३२५(C) डिष्ट्रिक गभर्नर धिरज गुरुङले हाल लायन्स क्लबहरुले विद्यालयहरुमा कपी वितरण कार्यक्रमलाई प्राथमिकता दिएको बताए। उनले सरकारले सरकारी विद्यालयहरुमा निःशुल्क पुस्तक उपलब्ध भएपनि लेख्ने कपी वितरण नगरेकाले गृहकार्य गर्न कोहीपनि विद्यार्थी नछुटुन् भनेर कपी वितरण गर्दै आएको समेत जनाए।

13 thoughts on “धरानमा शिक्षाको लागी एक रुपैया अभियान शुरु

टिप्पणीहरू are closed.