नेपाल मगर महिला संघको स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित

दिव्य रोशनी(धरान)/ नेपाल मगर महिला संघको २५औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन्।
सोमवार धरान १६ स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा संघले विभन्न व्यक्तिहरुलाई सम्मान गरेको हो। कार्यक्रममा वाईवाई डान्सिङ स्टार सिजन १, २०२२ की फस्ट रनरअप नियति राना मगर, एएफसी “ए” लाईसेन्स प्राप्त गर्न सफल फुटबल प्रशिक्षक भगवती राना मगर, नेपाल मगर महिला संघको सातौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा चयन हुन सफल चुन्नु थापा मगर र मिना पुलामी मगरलाई सम्मान गरिएको थियो। सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल मगर संघ धरान नगर समितिका अध्यक्ष चित्रराज थापा मगरले सम्मान गरेका थिए। संघका कोषाध्यक्ष शान्ता राना मगरकोे स्वागत मन्तव्य एवं सचिब लीला राना मगरद्वारा संचालित सो कार्यक्रम संघका अध्यक्ष मन्जु राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

14 thoughts on “नेपाल मगर महिला संघको स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित

टिप्पणीहरू are closed.