लिम्बु विद्यार्थी मंचको छैठौं जिल्ला अधिवेशन हुने
दिव्य रोशनी(धरान)/ लिम्बु विद्यार्थी मंचको छैठौं जिल्ला अधिवेशन यही अशोज ८ र ९ गते हुने भएको छ।
मंगलबार धरान १५ स्थित चुम्लुङ भवनमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष हरि ईवाहाङले लिम्बु जातीका विद्यार्थीहरुको हक हित र अधिकार प्राप्तीका लागी स्थापना गरिएको लिम्बु विद्यार्थी मंच जिल्ला कमिटीको भावी नेतृत्वका लागी छैठौ जिल्ला अधिवेशन हुन लागेको बताए। उनले अधिवेशन धरानको चुम्लुङ भवनमा हुने पनि जानकारी गराए।
अधिवेशनमा मञ्चको वर्तमान समितिले गरेको गतिविधिहरुको गम्भीर समीक्षा हुनेछभने विद्यार्थी हक, हित, अधिकार प्राप्ति र सार्वजनिक हितको भावी कार्ययोजना पारित गरिने भएको छ।यसैगरी लिम्बुवान भूमि र लिम्बु जातिको पहिचानका विषयमा लिम्बु विद्यार्थीहरु स्पष्ट हुने गरी बहस तथा छलफल चलाइने, लिम्बु समुदायको पहिचान अभिबृद्धिमा समुदायिक एकता हुने गरी बृहत झाँकी र्याली संयोजन गरिने, लिम्बु समुदाय र लिम्बू विद्यार्थीका विशेष व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ। त्यस्तै अधिवेशनमा मंचद्वारा प्रकाशित याक्थुङ पहिचान स्मारिका २०७९ समेत विमोचन गरिने भएको छ।

Pingback: rudee11
Pingback: Free cooling
Pingback: ถุงห่อผลไม้
Pingback: lsm99.review