धरान १७ का डेंगु पिडित परिवारलाई झुल र डेंगु किटनाशक औषधी वितरण

दिव्य रोशनी(धरान)/ धरानको डेंगु प्रभावित वडा नं १७ मा झुल तथा डेंगु किटनाशक औषधी वितरण गरिएको छ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले आज मंगलवार धरान १७ नं वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै धरान १७ का डेंगु पिडित १ सय ७७ घर परिवारलाई झुल, ओडोमस औषधी र मच्छड मार्ने धुप वितरण गरेको हो। धरान १७ नं वडा कार्यालयको समन्वयमा भएको सो कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक राजेशनाथ बास्तोला प्रमुख अतिथी रहेका थिए। उनले धरानमा डेंगुको महामारी बढ्दै गएपछि डेंगु प्रभावित क्षेत्रमा डेंगुबाट बच्न झुल र किटनाशक औषधी वितरण गरिएको बताए। डेंगु महामारीका बेला संघले गरेको कार्य सह्रानिय रहेको बताउदै प्रमुख अतिथी बास्तोलाले आगामी दिनहरुमा पनि अन्य समाजिकक्षेत्रमा कामगर्दै जान समेत आग्रह गरे।


यसैगरी संघका सचिव सृजना नेपाल(दाहाल) ले धरानमा डेंगुको महामारी बढ्दै गएपछि डेंगु प्रभावितक्षेत्रका बासिन्दाहरुमा डेंगुबाट बच्न झुल र डेंगु नाशक औषधी वितरण गरिएको बताए। साथै आगामी दिनहरुमा पनि संघले डेंगु प्रभावित वडाहरुमा क्रमशः झुल र डेंगु नाशक औषधीहरु वितरण गर्दै जाने बताए।


कार्यक्रममा १७ नं वडाका वडा सचिव शिशिर श्रेष्ठले १७ नं वडाका टिएलओ हरुले उपलब्ध गराएको लक्षित वर्गहरुलाई झुल, ओडोमस र मच्छड धुप वितरण गरिएको बताए। धरान १७ का कार्यवाहक अध्यक्ष लक्ष्मण राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीका प्रमुख श्याम कुमार महतो , जिल्ला प्रहरी प्रमुख प्रभु प्रसाद ढकाल, ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल लगायतको उपस्थिती रहेको थियो।