मंगलवार थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टिः १६९ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ४ सय ४ जना डिस्चार्ज भएका छन्भने १ सय ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छभने ४ लाख ४ हजार ८ सय ८७ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

3 thoughts on “मंगलवार थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टिः १६९ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *