गृहको प्रमुख सल्लाहकारमा देवेन्द्रको चर्चा

आनन्द श्रेष्ठ
दिव्य रोशनी(धरान)

चुनौतिको चांं‘ग माथी उभिएको गृह मन्त्रालय सम्हाल्न पुगेका राष्टिय स्वतन्त्र पार्टिका अध्यक्ष रवी लामिछानेलाई सहयोग गर्ने प्रमुख सल्लाहकारमा योग्य व्यक्तिको खोजी शुरु भएको छ ।
प्रहरी प्रशासन भित्र देखिएको वेतिथी ,लागु पदार्थ ,चोरी तस्करी नियन्त्रण,गृह प्रशासनको भद्रगोलमा व्यापक सुधार गर्ने वाचाका साथ गृह मन्त्रालय सम्हाल्न पुगेका लामिछानेलाई एक कुशल सुरक्षा विज्ञको आव्श्यक्ता खटकिएको छ । हाल सम्मका गृह मन्त्रीहरुले पार्टिले खोजी दिएकै सल्लाहकारहरुले काम चलाइ रहेको सन्दर्भमा रास्वपाले भने आफनै पार्टिका ईमान्दार नेता तथा राष्टिय अन्तराष्टिय क्षेत्रमा नाम कमाएका अनुभवी सुरक्षा विज्ञ देवेन्द्र वजगाई लाई प्रमुख सल्लाहकार वनाउनु पर्ने पार्टि भित्रै वाट माग आउन थालेको वताईन्छ । वजगाइ विगत लामो समय देखि राष्टिय तथा अन्तराष्टिय क्षेत्रको सुरक्षा क्षेत्रमा काम गर्दै आएका छन । नीजी तवरवाटै सु््रक्षा सम्वन्धी विभिन्न किसीमका तालिम लिएका छन भने आधुनिक हातहतियार सम्वन्धी पनि वजगाइलाइ रामो ज्ञान भएको वताईन्छ । उनको सु्रक्षा सम्व्न्धी विज्ञतावाट प्रभावित भएर गत वर्ष युरोपियन युनियनका रक्षा विशेषज्ञहरु समेत नेपाल आएर उनलाई भेटेका थिए । मलेशिया,कतार दुवइ,भारत श्री लंका, पाकिस्तान, सुडान,फिपिन्स , घाना,युगाण्डा लगायतका अफ्रिकन मुलुकका सरकारी तथा अर्ध सरकारी विशेषञहरु संग राम्रो सम्वन्ध भएको वजगाई हाल मलेशिया,कतारका सरकारी उच्च पदाधिकारीहरुको सुरक्षा परामर्शदाताकोरुपमा पनि विश्वासीलो पात्र वन्दै गएका छन ।
हालै सम्पन्न निर्वाचनमा रास्वपा वाट संघको लागी काठमाण्डौ २ वाट लोकसभा सदस्यमा समानुपातिक को उमेदवार पनि वनाइएको थियो । वजगाइ निर्वाचनमा उनलाई पार्टिले निर्वाचन परीचालन कमिटिको सहसंयोजकको जिम्मेवारी दिएका थिए । छोटो समयमै उनले निर्वाचन क्षेत्रहरुको दौडाहा गरेर कार्यकर्ताहरुलाई सुरक्षा सम्वन्धी तालिम दिएर प्रशिक्षित गरेका थिए । पार्टिका अध्यक्ष रवि लामिछानेको चितवन,झापा,काठमाण्डौका आमसभाहरुमा कार्यकर्ता र शुभचिन्तकहरुको अत्यधिक भिडलाई व्यवस्थापन गर्नुको साथै उनको रक्षाको लागी सवै किसिमका आन्तरिक तथा वाह्य सु्रक्षाका रणनीतिकार वजगाई थिए । उनी चुनाव अवधि भरी रविको अधिपछि छायाको रुपमा हिडेर सुरक्षा कवच वनेको रास्वपाका कार्यकर्ताहरु वताउछन ।

8 thoughts on “गृहको प्रमुख सल्लाहकारमा देवेन्द्रको चर्चा

टिप्पणीहरू are closed.