आईतवार थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा आईतवार थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ५ लाख ८८ हजार १ सय २४ र एन्टिजेन परिक्षणबाट १३ हजार ५ सय ६९ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ६ सय ३६ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ७ हजार ८ सय ९८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.