सुनसरीमा एकसाता लकडाउन थपियो

दिव्य रोशनी(धरान)/ कोरोना संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले एकसाता लकडाउन थप गरेको छ।
यसअघि प्रशासनले जेठ १५ गतेसम्मका लागि लक डाउन गर्ने निर्णय गरेको थियो। आज शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जेठ २२ गतेसम्म लक डाउन थप गर्ने निर्णय गरेको हो।
प्रशासनद्धारा जारी आदेशमा तरकारी र फलफुल स्थानिय तहको समन्वयमा उद्योग वाणिज्य संघको सक्रियतामा बिहान ८ बजेसम्म घरघरमा पुर्याउने व्यवस्था गर्न समेत आग्रह गरिएको छ। प्रशासनले औषधी र स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसाय सम्बन्धी पसल (पेट्रोल पम्प, ग्याँस सिलिन्डर) बाहेक अन्य सबै पसल व्यवसाय बन्द रहने जनाएको छ। यसको साथै औषधी खरिद र उपचारका लागि बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन, सरकारद्धारा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य प्रयोग गर्न, कुनै पनि स्थानमा भेला, जमघट, पार्टी, भोज, सभा सम्मेलन नगर्न र कोभिडको लक्षण देखिएमा तुरुन्त नजिकका स्वास्थ्य संस्थामा जानका लागि समेत अपिल गरेको छ।
त्यस्तै, सार्वजनिक एवं निजी सवारीको हकमाभने एम्बुलेन्स, दमकल, खानेपानी, इन्धन, स्वास्थ्य, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ बोकेका सवारी साधन सञ्चालन हुन पाउनेछन्। त्यस्तै, इन्टरनेट, फोहरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा लगायतका साधन सञ्चालन गर्न पाउनेछन्भने अन्य सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्न प्रशासनले निर्देशन दिएको छ। यसैगरी प्रशासनले मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एकसय रुपैया, मानिसको आवतजावत रोक लगाईएको अवस्थामा पटकैपिच्छे दुईसय रुपैया , सवारी साधान चलाएमा दुईपाङ्ग्रे सवारी साधनभए दुईहजार रुपैया र अन्य सवारी साधनभए पाँचहजार रुपैया जरिवाना लगाउन सकिने जनाएको छ।
प्रशासनद्धारा जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग निन्त्रण ऐन २०२० अनुसार कानुन बमोजिम कारवाही समेत गरिने प्रशासनले जनाएको छ।

228 thoughts on “सुनसरीमा एकसाता लकडाउन थपियो

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *