शनिवार थप ३३७ जनामा कोरोना संक्रमण पुष्टिः थप १ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय ५१ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

8 thoughts on “शनिवार थप ३३७ जनामा कोरोना संक्रमण पुष्टिः थप १ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *