शुक्रवार थप २८८ जनामा कोरोना संक्रमण पुष्टिः १२७ डिस्चार्ज

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ८८ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय २७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ।
यसैगरी हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

1,621 thoughts on “शुक्रवार थप २८८ जनामा कोरोना संक्रमण पुष्टिः १२७ डिस्चार्ज

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *