नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषी राई विजयी

दिव्य रोशनी (धरान)/
नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषी राई विजयी भएका छन्।उनि प्रेस संगठन, प्रेस युनियन र माधव नेपाल समूहको प्रेस चौतारी गठबन्धनबाट १ सय २३ मत ल्याउदै विजयी भएका हुन् ।
अध्यक्षका अर्का प्रत्याशी ओली समूहका प्रेस चौतारीका सन्तोष काफ्लेले ६५ , गठबन्धनका दुई बागी उम्मेदवार सचिन पोखरेलले ४५ र सुविद गुरागाईँले १० मत प्राप्त गरेका थिए।यसै गरी उपाध्यक्षमा गठबन्धनकै गणेश निरौलाले १ सय ४२ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी ओली समूहका सुमन पुरीले ९८ मत प्राप्त गरेका थिए।
त्यस्तै महिला उपाध्यक्षमा गठबन्धनकै उषाकिरण भट्टराईले १ सय मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मनिता चाम्लिङले ५३ , ओली समूहका सुमित्रा राई (सन्जु)ले ४५, गठबन्धनका बागी उम्मेदवार रन्जना पौडेलले ४३ मत प्राप्त गरेका छन्।
यसैगरी सचिवमा गठबन्धनका ध्रुव ढकालले १ सय ४८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी ओली समूहका दिनेश गजमेरले ६४, भरतराज शर्माले ३१ मत प्राप्त गरेका छन्।त्यस्तै सहसचिवमा गठबन्धनकै तीर्थ कार्की र ओली समूहको गठबन्धनका विकल रेग्मीले बराबर १ सय १५ मत प्राप्त गरेका छन् । उनीहरू दुवैलाई सहमति अनुसार कार्कीले २ वर्ष र रेग्मीले १ वर्ष कार्यभार सम्हाल्ने गरी मिलाइएको निर्वाचन अधिकारीले बताएका छन् । त्यस्तै समावेशी सचिवमा गठबन्धनकै भोला श्रेष्ठले १ सय ४२ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओली समूहका प्रदीप कुमार चौधरीले ८९ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा गठबन्धनका अजित कुमार झाले १ सय ३१ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी ओली समूहका कृष्णप्रसाद बहाव भट्टराईले ६४ र बागी उम्मेदवार निशान प्रकृति थारुले ४४ मत प्राप्त गरेका छन्।
खुल्ला तथा समानुपातिक तर्फको सदस्यहरूमा विवेक रेग्मी, निश्चल शर्मा, आरबी कटुवाल, वीरेन्द्र साह, संगम विष्ट, शान्ता निरौला, दीपेन्द्र यादव, सुस्मिता राई र सुक्रान्त राई विजयी भएका छन्। यसअघि महिला सदस्यमा देवीका चाम्लिङ, दलित सदस्यमा सुविन विश्वकर्मा, जनजाति सदस्यमा पारस चाम्लिङ राई, अल्पसंख्यक सदस्यमा मिकाइल आलम निर्विरोध निर्वाचित भएका थिए ।
यसै गरी केन्द्रीय परिषद सदस्य खुल्लामा भैरब आङ्ला, बाबुराम सुबेदी र गोपाल दाहाल विजयी भएका छन्भने केन्द्रीय परिषद् समावेशीबाट प्रदीप मेन्याङबो र शुकदेव चौधरी विजयी भएका छन् । केन्द्रीय परिषद् महिलामा गंगा बराल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश परिषद् सदस्यको खुल्ला तर्फ योगेशबाबु काफ्ले , गोविन्द बस्नेत, अर्जुन सुबेदी, गवनसिंह चौधरी, चन्दन गुप्ता, पिए मणि भट्टराई, बाबुराम कार्की, हिमाल दाहाल र सुनिल चौधरी विजयी भएका छन्भने महिला तर्फ कानुन कार्की निर्विरोध निर्वाचित भएकी थिइन्। त्यस्तै प्रदेश परिषद् समावेशीमा अनवरत हुसेन अन्सारी, आशिष यादव, कुलदीप चौधरी, विकास चाम्लिङ राई, धिरेन्द्र चौधरी र सोहन श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए।
२ सय ६५ सदस्यता रहेको पत्रकार महासंघ सुनसरी शाखाको निर्वाचनमा २ सय ४७ मत खसेको थियो। निर्वाचन चैत्र २५ गते ईटहरीको लायन्स क्लवको भवनमा सम्पन्न भएको थियो।

5,097 thoughts on “नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषी राई विजयी