विहिवार थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टिः १९० को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएका छन्भने १ सय ९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छभने ३ लाख ६६ हजार ९ सय ४६ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

1,172 thoughts on “विहिवार थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टिः १९० को मृत्यु